९ वटै स्थानीयतहमा तिनदलिय गठबन्धनको उम्मेदवारी,एमालेले भने दोलखामा एक्लै मनोनयन दर्ता गर्यो

 अनलाइनखबर पाटी     १२ बैशाख २०७९, सोमबार

दीपशंकर चौलागाई
दोलखा १२बैशाख,
जिल्लामा अस्तित्वमा रहेका तिनदलको गठबन्धनले ९ वटै स्थानीयतहमा मनोनयन दर्ता गरेकाछन ।
नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले जिल्लाका ९ स्थानीयतहमा आफ्नो मनोनयन दर्ता गरेका हुन । स्थानीय निर्वाचनको लागी कांग्रेस दोलखाले चार पालिकामा प्रमुख र ५ गाउँपालिका उपाध्यक्षमा आफ्ना मनोनयन दर्ता गरेकोछ ।
नेपाली कांग्रेस दोलखाले जिल्लाको भिमेश्वर नगरपालिकाको मेयरमा गठबन्धनकाको तर्फबाट नेता ईश्वरनारायण मानन्धर,जिरी नगरपालिकाको मेयरमा लाक्पा शेर्पालाई सर्वसम्मत उमेदवारको मनोनयन दर्ता गरेको हो ।
त्यस्तै बैतेश्वर गाउँपालिकाको अध्यक्षमा छबि लामा र कालिन्चोक गाउँपालिका अध्यक्षमा अर्जुन शिवाकोटीलाई सर्वसम्मत उम्मेदवारी दर्ता गरेका छ । कांग्रेस दोलखाले गठवन्धनको तर्फबाट ५ जना उपाध्यक्षको मनोनयन दर्ता गरेकोछ ।
कांग्रेसले तामाकोसी गाउँपालिकाको उपाध्यक्षमा सिर्जना सुवेदी,शैलुङ गाउँपालिकामा दावादोर्जे तामाङ,विगु गाउँपालिकामा आङनिमा शेर्पा ,मेलुङ गाउँपालिकामा भक्त तामाङ र गौरीशंकरको उपाध्यक्षमा श्यामसुन्दर तामाङलाई सर्वसम्मत मनोनयन दर्ता गरेकोछ ।
नेकपा एमाले र राप्रपाले भने जिल्लाका ९ स्थानीयतहमा आफ्नो उम्मेद्बारीको नाम निर्वाचन आयोगमा आईतबारै दर्ता गरेकाछन । गठबन्धनका तिन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीले आफ्नो मनोनयन दर्ता गरिसकेकाछन ।
जिल्लाका दुई नगरपालिका सहित ७ गाउँपालिकामा प्रमुख,उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्य पदमा मनोनयन दर्ता सौहाद्ररुपमा भएको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जानकारी दिए।
यता नेकपा एमाले जिल्ला भिमेश्वर नगरपालिका प्रमुखमा हरिबंश चौलागाई, उपप्रमुखमा कमला बस्नेत , जिरी नगरपालिका प्रमुखमा मित्र जिरेल, उपप्रमुख कृष्ण माया बुढाथोकी , गौरिशंकर गाउँ पालिका अध्यक्षमा गणेश प्रसाद शिवकोटी, उपाध्यक्ष कविता थामी,बिगु गाउँपालिका अध्यक्षमा अछुतम केसी , उपाध्यक्षमा देविका थामी, गौरिशंकर गाउँपालिका अध्यक्षमा जंग गुरूङ , उपाध्यक्षमा मुना शिवाकोटी , बैत्यश्वर गाउँपालिका अध्यक्षमा माधव प्रसाद घिमिरे , उपाध्यक्षमा नविना लामा ले मनोनयन दर्ता गरेका छन।

यसैगरी तामाकोसी गाउँपालिका अध्यक्षमा अभिषेक सुबेदी, उपाध्यक्षमा अम्बिका पोखरेल, मेलुङ गाउँपालिका अध्यक्षमा हिरा थोकर , उपाध्यक्षमा गायत्री आचार्य, शैलुङ गाउँपालिका अध्यक्षमा धनबहादुर तमाङ, उपाध्यक्ष पार्वती थापा कार्की ले मनोनयन दर्ता गरेको एमाले जिल्ला अध्यक्ष श्रेष्ठले बताए .

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट