सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

 अनलाइनखबर पाटी     १४ बैशाख २०७९, बुधबार

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो ।कार्यालय समय पनि बिहान ९ः३० देखि साँझ ५ः३० कायम गरिएको छ । पहिला कार्यालय समय १०–५ थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट