जिल्लामा उत्कृष्ठ वडा अध्यक्षबाट सम्मानित हुने काफ्लेको पून गठबन्धनबाट उम्मेदवारी, काफ्ले जितकाे नजिकमा

 अनलाइनखबर पाटी     २० बैशाख २०७९, मंगलवार

नेपाल सरकारका पूर्व मन्त्रि आनन्द प्रसाद पोखरेल कै वडामा दुई तिहाई मत ल्याई २०७४ सालको स्थानिय निर्वाचनमा बिजय हाँसिल गरेका तामाकाेशी गाउँपालिका ३ का वडा अध्यक्ष रामप्रसाद काप्mलेलाई पून नेपाली कांगे्रसले उम्मेदवार बनाएकोछ ।
जिल्लाका ७४ वटै वडाको तुलनामा उनी बिकास निमार्ण र आर्थिक पार्दशिताका दृष्टिकोण बाट उत्कृष्ट अध्यक्षकारुपमा पटक पटक सम्मानित भएका थिए ।

गठबन्धन तर्फका वडा अध्यक्षका उम्मेदवार काप्mले बनेकाछन । काप्mलेलाई विकास निमार्णमा जिल्ला मै उत्कृष्ट काम गरेको भन्दै पूर्न निमार्ण प्राधिकरण बाट सुरु सम्मानित गरिएको थियो । पछि दोलखाका नागरिक समाजले पटक पटक सम्मान गरेको थियो ।
उही लोकप्रिय नेता चुनावी मैदानमा खडा भएकाछन । राजनैतिक बृतमा उनको जित सुनिश्चिति भएको अनुमान गरिदै आएकोछ । जफेको सम्बृद्धीको लागी उनले बारै महिना चल्ने चक्रिय सडक निमार्ण गरेकाछन । केही सडम कालो पत्रे भएकाछन। नागरिकको सेवाको लागी तामाकोशी नदीबाट लिप्mटिङ मार्फत पानी ल्याई साविकका वडा १ र २ का खेती योग्य भुमिमा सिंचाई सेवा प्रदान गरेकाछन । अध्यक्षका उम्मेदवार रहेका काफ्लेको पहलमा गाउँपालिकामै ग बर्गमा परेका अपांगहरुको जिबनयापनमा सहयोग पूग्ने उदेश्यले भत्ताको ब्यबस्था गरेकाे छ ।
आगामी दिनमा वडाले नागरिकलाई दिने सेवा सुविधलाई फराकिलो बनाउन हप्तामा दुई दिन छौंडेमा घुम्ती सेवा मार्फत जनतालाई सेवा गर्ने काप्mले ले बताएकाछन। जफेका राम्चे- कालापानी -झुले र कातिके- सितापाईला -मानेडाँडा हुदै छौडे जाने सडक कालो पत्रे गर्ने अध्यक्षका उम्मेदवार काप्mले ले प्रतिबद्धता जाहर गरेकाछन ।

उनी भन्छन सामाजिक सुरक्षा भत्ता बैक मार्फत नागरिकको घरदैलोमा पुराउनेछु । आगामी दिनमा सुरु भई रहेको तामाकोशी नदीबाट लिप्mटिङ मार्फत पानी ल्याई साविकका वडा ७,८र ९ का खेती योग्य भुमिमा सिंचाई सेवा प्रदान कार्य पुरा गर्नेछु ।बिगतका दिनमा जस्तो आफ्ना वडामा रहेका दिर्घरोगीहरुलाई निशुल्करुपमा औषधि बितरण गर्ने कार्यलाई निरन्तरता दिने काप्mलेले प्रतिबद्धता जाहेर गरेकाछन । वडा बाटै नागरिकको स्वाथ्य उपचारको लागी एम्बुलेन्स सेवा सुरु गरि सकेको उनले बताए । जफेको भेग समेटेर दुई वटा दुग्ध संकलन केन्द्र निमार्ण गरेकोमा आगामी दिन बिस्तार गर्ने छु अध्यक्षका उम्मेदवार काप्mलेले भने ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट