दोलखाको निर्वाचन भयरहित वातावरणमा हुन्छ : मुख्य निर्बाचन अधिकृत कबिप्रसाद न्याैपाने

 अनलाइनखबर पाटी     २० बैशाख २०७९, मंगलवार

दीपशंकर चाैलागाई,दोलखा,२०बैशाख।आगामी बैशाख ३०गतेहुने स्थानीयतहको निर्वाचन दोलखामा स्वतन्त्र,मर्यादित र निष्पक्ष ढङ्गले भयरहित रूपमा सम्पन्न हुने दोलखाका मुख्य निर्वाचन अधिकृत कबिप्रसाद न्यौपानेले बताएका छन्।मंगलबार जिल्लाका सक्रिय राजनीति दल,पत्रकार र नौवटै पालिकाका निर्वाचन अधिकृत उपस्थितिमा सप्पन्न निर्वाचन आचारसंहिता सम्बन्धि सर्वदलीय छलफलमा उनले अघिल्लो पटकको जस्तो नकारात्मक सन्देश दिने निर्वाचन यो पटक नहुने बताएका छन्।न्यौपानेले जिल्लामा सक्रिय रूपमा रहेका राजनैतिक दललाई निर्वाचन आयोगले जारीगरेको स्थानीय निर्वाचनको आचारसंहिताको पुन:रूपमा पालना गरेर निर्वाचनलाई स्वतन्त्र रूपमा सम्पन्न गर्न आयोगलाई सहयोग गर्न पनि अनुरोध गरेका छन्।मुख्य निर्वाचन अधिकृत न्यौपानेले आयोगले राजनीतिक दलहरूलाई आचारसंहित विपरीतको प्रचार सामाग्री तत्काल हटाउन लगाउने समेत बताएका छन्।जिल्लाका राजनैतिक दललाई आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफूनो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने प्रावधान रहेको उल्लेख गर्दै सोही अनुसार चल्न दोलखाका राजनैतिक दललाई निर्देश दिएका हुन्।त्यसैगरी उनले दोलखा यसअघिको निर्वाचनमा हुने गरेका बुथ कब्जा,झैझगडा,मदिरा बेचबिखन लगायतका कार्य रोकेर दोलखाका नागरिकलाई स्वतन्त्र रूपमा मतदान गर्ने वातावरण बनाउन सबै राजनैतिक दलले आए तर्फबाट भुमिका खेल्न आवस्यक रहेको बताए। छलफलमा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्लाको सुरक्षालाई अघिल्लो पटकको भन्दा बढी रूपमा सुरक्षा कर्मि राखेर जिल्लाका आम मतदातालाई भयरहित वातावरण मतदान गर्ने व्यवस्था मिलाउने बताए।अतिसंवेदनशील निर्वाचन क्षेत्र र बुथमा नेपाल प्रहरी,शस्त्र प्रहरी,म्यादी प्रहरी र नेपाली सेना राखेर भयरहित स्वतन्त्र ढङ्गले मतदान गर्ने वातावरण निर्माण गर्न प्रशासन तयारी अवस्थामा रहेको बताए।त्यस्तै उनले आगामी बैशाख २२ गते देखी जिल्लाभर खुल्ला मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाउने,जिल्लाका दुइटा सिमाना निर्वाचन अवधीभर बाहिरी जिल्लाका नागरिकलाई प्रवेश गर्न नदिने बताएका छन्।त्यसैगरी विभिन्न राजनैतिक दलले मतदाता परिचयपत्र हराएका मतदातालाई पनि नेपाली नागरिकको परिचयपत्र बाट भोट हाल्ने वातावरण बनाउन निर्वाचन आयोग र निर्वाचन कार्यालयलाई अनुरोध गरेका छन्।छलफलमा जिल्लाका सक्रिय ५ वटा राजनैतिक दलका प्रतिनिधि,पत्रकार र सबै पालिकामा खटिएका निर्वाचन अधिकृतहरुको सहभागी रहेकोे थियो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट