उपप्रमुख पदकी उम्मेदवार बस्नेत भन्छिन् बिपन्न नागरिकले पाउनेछन स्नातक तहसम्म निःशुल्क शिक्षा

 अनलाइनखबर पाटी     २० बैशाख २०७९, मंगलवार

दाेलखा २१ बैशाख ।भिमेश्वर नगरपालिका कि उपप्रमुख कमल बस्नेतले बाबुआमा नभएका तथा अतिविपन्न परिवारका बालबालिकालाई स्नातक तहसम्म निःशुल्क दिने घाेषणा गरेकी छिन ।ढ
अतिबिपन्न नागरिककाे शिक्षाको ग्यारेन्टीका लागि अाफ्नाे अागामी कार्यकालमा अभियान सफल पार्ने बस्नेतले प्रतिबध्ता गरेकी हुन। नगरपालिकाले एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई दिइदै आएको रु. १ लाख प्रोत्साहन रकममा वृद्धि गर्ने जानकारी दिईन ।
पढेर फर्किए केही समय स्थानीय अस्पतालमा काम गर्ने वातावरण तयार गर्न पशुपति चौलागाई स्मृति अस्पताललाई जिल्ला तहको विशेषज्ञ सेवा सहितको अस्पतालकोरुपमा विकास गरिने उनले उद्घघाेष गरेकी छिन ।उप प्रमुखकी उम्मेदवार बस्नेतले चुनावी घरदैलो अभियानमा आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने वचन नागरिक दिईकी छिन।

प्रसुतीजन्य जटिलता भएको दुर्घटनाजन्य विपद्मा परेका, हृदयघात भएको नागरिकलाई स्थानीय सरकारको तर्फवाट जानकारी प्राप्त गर्नासाथ यथाशीघ्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबध्दता बस्नेतले गरेकी छिन । ४० वर्ष नाघेका एकल वा अविवाहिता महिला र अतिविपन्न एकल पुरुषहरुलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध तथा कार्यविधि बनाई विशेष कार्यक्रम सञ्चालन गर्ने घाेषणा उनले गरेकी छिन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट