शैलुङ क्षेत्रकाे विकासकाे लागी धनबहादुर तमाङकाे जित अपरिहार्य
अनलाइनखबर पाटी २१ बैशाख २०७९, बुधबारदाेलखाकाे शैलुङ क्षेत्रकाे विकासकाे लागी नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेकाे नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर तमाङले बताए ।
तमाङले भने शैलुङलाई कृषि उत्पादनको मुख्य क्षेत्रको रूपमा विकास गरि काठमाण्डौलाई तरकारी र खाद्यन्नका लागि शैलुङसङ्ग जोड्नेछौं ।मुलुक भर यहाँको आलुलाई शैलुङ्गे आलु भनेर चिनाउन नेकपा एमालेकाे नेतृत्व अपरिहार्य रहेकाे तमाङले दाबि गरे।
नागरिक सेवा र यस क्षेत्रकाे सम्बृध्दीकाे लागि मुडे-ढुङ्गे-कालापानी सडक कालोपत्रे गरि सो सडकलाई आम शैलुङवासीको लाइफ लाइनको रूपमा लिनेछौं तमाङले भने । देउराली बाखखोर-झोर मनगाँउ-कलापानी क्षेत्रमा होम स्टेको व्यवस्थापन गरि आर्थिक सम्बृध्दी थप याेजना बनाएर अघि बढ्ने छु।
उनलेे भने गाउँपालिका क्षेत्रमा ब्यबस्थित साना शहरको विकास गर्ने छु।गुरु याेजना बनाई कृषि र पर्यटन विकासका लागि आधार तय गरि निरन्तर अघि बढ्ने छु।
Leave a Reply