प्रतिगामीलाई मतदान गरे पछुताउनुपर्छ : माधव नेपाल

 अनलाइनखबर पाटी     २४ बैशाख २०७९, शनिबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई वटा गठबन्धन रहेको बताएका छन्। काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा प्रगतिशील तथा बाम–लोकतान्त्रिक गठबन्धन र अर्को प्रतिगामी गठबन्धन रहेको बताए।

‘प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमालेले र केपी ओलीले गरिरहेका छन् जहा राजावादी, संविधानविराेधी, गणतन्त्र विरोधीहरु छन्’, उनले भने, ‘प्रगतिशील गठबन्धनमा संविधान जोगाउने, उपलब्धी रक्षा गर्ने, गणतन्त्रका हिमायती, धर्मनिरपेक्षताको पक्षधर हामी छौं।’

उनले प्रतिगामी मतदान गरे पछुताउनुपर्ने पनि बताए। संविधान र लोकतन्त्र जोगाउन पाँच दलीय गठबन्धनको विकल्प नभएको उनको जिकिर छ।

‘प्रतिगामी कित्तामा उभिएका उम्मेदवारलाई मत दिनुभयो भने तपाईले पछुताउनुपर्नेछ। तपाइँका सन्तानले पनि दुःख भोग्नुपर्नेछ’, उनले भने, ‘यदि हामीले भविष्यलाई सुनिश्चित गर्ने हो भने, अहिलेसम्म प्राप्त उपलब्धी जोगाउने हो भने हामीले नेतृत्व गरेको पाँच दलीय गठबन्धनको विकल्प छैन।’ गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले ल्याएका योजना सुन्दर रहेको भन्दै उनले धन्यवाद पनि दिए।

साभार थाहाखबर बाट

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट