बुथ कब्जा गर्न आएका ४९ जना भाडाका टट्टु गिरफ्तार

 अनलाइनखबर पाटी     २७ बैशाख २०७९, मंगलवार

दाेलखा २७ बैशाख । जिल्ला प्रहरी कार्यालय दाेलखाले निर्वाचनकाे लागि बुथ कब्जा गर्न ल्याईएका भाडाका टट्टु ४९ जनालाई गिरफ्तार गरि जिल्ला निकाला गरेकाे छ।नेकपा एमाले ,माअाेवादी केन्द्र र नेपाली कांग्रेसका केही उद्ण्ड चाहने नेताहरूले अहिलेसम्म सम्म ल्याएका भाडाका टट्टुहरू मध्ये ४९ जना गिरफ्तार गर्न सफल भएकाे हाे ।

नेकपा एमालेका नेता पार्वत गुरूङ,माअाेवादी नेता देवि खड्का,कांग्रेस नेता कुन्दन काफ्ले लेबरका नेताहरूले गुण्डागर्दीलाई नरूषाहित नगरे सधै दाेलखा निर्वाचन तनावग्रस्त बनिरहनेछ।
प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पाैड्यालले भने गुण्डाहरूलाई खरिढुङा चेकपोस्ट बाटै फर्काएकाेछाै।अबका दिनमा गिरफ्तार गरेका गुण्डागर्दीमा संलग्न हुनेलाई हिरासतमा राखी कानुनी कार्वाही गर्ने पाैड्याले बताए ।

“गुण्डा लयाएकाे कुनै पनि नेताहरूले स्वीकारेका छन ।तर गुण्डामय बन्दै छ दाेलखा ।प्रहरीले नराेके कस्ले राेक्ने ।”नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाईले भने ।

दाेलखाका केही राजनैतिक दलले अाफु कजाेर भएकाे ठाउमा बनकाे बाघले खानु भन्दा पनि मनकाे बाघले खाएकाे कारण स्थानीय प्रशासनले कडा शान्ति सुरक्षा दिईयोस् भनेर स्वाघाेषित प्रपाेकाण्ड मच्चाई रहेकाछन।
याे दाेलखाली नागरिक समाजकाे ठम्याई हाे।
प्रेसर कुकर राखेर बम भनिदिने,अहिले नै झगडा गरे पछि थप सुरक्षा पाईन्छ कि भन्ने याेजना बनाउने,चुनाव अाउन बाँकी छ उजुरी अहिले नै तयार गरि रहने बिगतकै परम्परा यश पटक पनि दाेरिएकाेले ,नागरिक र स्थानीय प्रशासन अाफै सचेत रहनु पर्ने अबस्था सृजना भएकाे छ ।
कागले कान लग्यो भनेर नदाैडिनुस कान छाम्नुस नागरिकलाई हार्दिक अपिल नागरिक समाजदाेलखाले गरेकाे छ।
डर लाग्दाे चाहिँ लासकाे राजनीति गरि रहेका हरू पुन त्यही मार्गमा जाने हुन भन्ने अाशंका गर्नु परेकाेछ ।तिमीहरूमा सत्बुध्दी कहिले पलाउछ र दाेलखाली जनताकाे ढुक भएर मतदानगर्ने अबस्था अाउछ।एउटा भ्रष्ट, वडा अध्यक्ष काे उम्मेदवार अाफु चुनाव जित्न भाडाका ट्टटु ल्याउछ ,जनताकाे अधिकार खाेस्न,धिकार छ तिमीहरूलाई।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट