राती ११ बजे जंग गुरूङ समात्न ७ राउन्ड गाेली, १९ जना संकास्पद व्यक्ति पक्राउ, सवारी साधन तोडफोड

 अनलाइनखबर पाटी     २८ बैशाख २०७९, बुधबार

दाेलखाको जिरी नगरपालिकामा शंकास्पद १९ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ राती ११ बजे इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद १९ जना युवाहरुलाई लिंकनबजारबाट पक्राउ गरेको हो ।  उनी नेकपा एमालेबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार भूवन गुरुङका भाई हुन् । भ्यान, बोलेरो, स्कारपियो लगायतका ५ वटा सवारी साधनमा जिरी भित्रेका युवाहरु शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती युवाहरु जिरी भित्रिएर गाडीभित्रै लुकेर बसेको देखिएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएका प्रहरी निरीक्षकको टोलीसहित सशस्त्र प्रहरी बलको टोलीले ती अपरिचित ब्यक्तिहरुलाई नियन्त्रणमा लिइएको हो ।

युवकहरु फरार हुन थालेपछि र स्थानीयले उनीहरुको गाडीमा तोडफोड गरेपछि केही बेर अवस्था तनावग्रस्त हुन पुगेकोे थियो । सो क्रममा प्रहरीले ७ राउण्ड हवाई फायरिङ पनि गरेको थियो । अपरिचित ती ब्यक्तिहरुले परिचय लुकाउदै स्थानीयमाथी नै आक्रोश पोखेका थिए । साभार हाम्राे अपडेट अनलाइन बाट

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट