एमालेको प्रचारसामाग्री सहित यी हुन पक्राउ पर्ने १३जना निर्वाचन विथोल्न र बुथ कब्जा गर्न आउने लठैतहरू( सम्पूर्ण विबरण सहित)

 अनलाइनखबर पाटी     २८ बैशाख २०७९, बुधबार

दाेलखा २८ बैशाख ।एमालेको प्रचारसामाग्री सहित यी हुन पक्राउ पर्ने १३जना बुथ कब्जा गर्न आउने लठैतहरू। उनिहरूदोलखाको जिरीनगरपालिकाबाट पक्राउ परेका थिए ।गएराती दोलखा एमालेको चुनावी प्रचारसामाग्री सहित पक्राउ परेका २० जनामध्ये ७ जना मात्रै जिल्ला भित्रका र अन्य १३ जना जिल्ला बाहिरको रहेको खुलेको हो । गौरीशंकर गाउँपालिकाका जेबी गुरुङसहित ५ जना, बैतेश्वरका एक जना र शैलुङका एक जना गरी दोलखाका ७ जना पक्राउ पर्दा अन्य सबै बाहिरी जिल्लाको रहेको दोलखाका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी सुशिल केसीले जानकारी दिए।

पक्राउ पर्नेहरु रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डौं, खोटाङ, धादिङ र सुनसरी इटहरीसम्मका युवकहरु रहेका छन् । निर्वाचनको मुखैमा शंकास्पद व्यक्तिहरु भित्रिएपछि राती जिरीमा केहीबेर तनाव सिर्जना भएको थियो । ३ वटा गाडी तोडफोड गरिएको गाडीमा एमालेको प्रचार सामाग्री फेला परेपछि र जिल्लाका एमाले कार्यकर्ताहरुनै पक्राउ परेपछि ती युवाहरुलाई जिरीमा एमालेले बुथ कब्जा गर्नका लागि झिकाइएको बुझिएको छ । बाहिरी जिल्लाका युवासँगै गौरीशंकर गाउँपालिका ६ का जेवी गुरुङ, श्रीमत गुरुङ, वडा नम्बर ४ झ्याकुका कुइसाङ तामाङ, वडा नम्बर ७ का श्याम कुमार गुरुङ र रघुनाथ गुरुङ तथा बैतेश्वर गाउँपालिका १ का दिलीप मगर र शैलुङ ५ काटाकुटीका मिन बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी नेकपा एमालेबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार बनेका भुवन गुरुङका भाई हुन् । निर्वाचन विथोल्न र बुथ कब्जाका लागि एमालेले उनीहरुलाई जिरी भित्र्याएको आशंका छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट