कार्कीमाथि एमालेका कार्यकर्ताकाे आक्रमण,सक्तघाईते

 अनलाइनखबर पाटी     २८ बैशाख २०७९, बुधबार

दोलखा २८ बैशाख। दोलखाको कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाईते भएका छन् । एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी कांग्रेसका कार्यकर्ता क्षेत्र कार्की घाईते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा ल्याइएको छ।  । क्षेत्र कार्कीमाथि एमालेका कार्यकर्ताले धारिलो हतियार प्रहार गरेको बताइएको छ । दुई पक्षबीच स्थानीय तह निर्वाचनको विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ । झडपपछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट