कर्मचारी माथि हातपात गर्ने सुनुवारलाई कार्वाही गर्न स्थानीय प्रशासन संग माग

 अनलाइनखबर पाटी     २८ बैशाख २०७९, बुधबार

 

दाेलखा २८ बैशाख । निर्वाचन मा खटिएका कर्मचारीलाई कुटपिट गर्ने लाई कानुनी कार्वाही गर्न मानवअधिकार वादी संस्थाले अपिल गरेकाेछ।
निर्वाचनमा खटिएका तामाकाेशी गाउँपालिका १ प्रकाश खनाललाई डनका नामले चिनिने रमेश सुनुवारले हातपात गरेकाे पिडितले बताएकाछन । कर्मचारीकाे मनाेबल गिराई अाफ्नाे पक्षमा निर्वाचन पार्न सुनुवारले हातपात गरेकाे स्थानीयले बाएकाछन । निर्वाचन मा खटिएका कर्मचारीले कुटाइ खाँदा समेत गुण्डागर्दीमा संलग्नलाई स्थानिय प्रशासन गिरफ्तार समेत नगरेकाेमा मानवअधिकार संगठन दाेलखाकाे ध्यानाकर्षण भएकाे जनाएको छ।                गुण्डागर्दीमा दिपक मनाङ्गेका दाईने हात भनेर चिनिएका एमालेका नेता रमेश सुनुवारले दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ मा मतदान गराउन खटिएका कर्मचारीमाथी हातपात गरेका छन् ।
गुण्डागर्दीमा संलग्न लाई तत्काल कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडाले बताएका छन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट