पैसा बाँड्दै गरेका एमालेका उम्मेदवार लाई जनताले रङ्गे हात प्रहरी लाई बुझाए,उम्मेदवारी सम्म खारेजी हुन सक्ने नियम रहेको प्रतिपक्षकाे दाबि

 अनलाइनखबर पाटी     २८ बैशाख २०७९, बुधबार

नेकपा एमालेका तर्फबाट कालिञ्चोक ७ का वडाअध्यक्ष उम्मेद्वार भोलाराज बस्नेतलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
उनले वडा नम्बर ७ स्थित सिमस्वाराका एक मतदातालाई ५ हजार नगद दिन खोज्दै गर्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् । उनको साथमा नगद १५ हजार रुपैंया समेत बरामद गरिएको जनाइएको छ । उनले पैसा दिएका मतदाताले पनि आफुलाई जबरजस्ती पैसा दिन खोजेको बयान निर्वाचन अधिकृतको कार्यालय कालिञ्चोक गाउँपालिकामा बयान दिएका छन् ।                     विपक्षी दलहरुले भने निर्वाचन आचारसंहिता बिपरित मतदातालाई प्रभावित पार्न खोजेको अभियोगमा कारबाही गर्न माग गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार अभियोग प्रमाणित भए निजको उम्मेद्वारी नै खारेज हुने जनाएको छ ।                           कालिञ्चोक गाउँँपालिकाका निर्वाचन अधिकृत विजयराज बढुले सो विषयमा छलफल गरेपनि सहमति हुन नसकेपछि उक्त मुद्धा निर्वाचन आयोग पठाइएको जनाएका छन् । निर्वाचन आयोगमा रहेको अनुगमन समितिले आबश्यक छानबिन गरि कारबाही गर्ने बढुले सुनाए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट