निर्वाचनमा खटिएका कर्मचारी कुट्ने गुण्डा नाईके सुनुवारलाई प्रहरीको संरक्षण

 अनलाइनखबर पाटी     २८ बैशाख २०७९, बुधबार

दाेलखाकाे तामाकोसी गाउँपालिका वडा नम्बर १ भीरकाेटमा निर्वाचनका लागि खटिएका कर्मचारीलाई कुटपिट गर्ने गुण्डा नाईके रमेश सुनुवारलाई प्रहरीले नै संरक्षण दिएको छ ।
निर्वाचन स्वच्छ बनाउन धमाधम बाहिरी मान्छे समाएर फर्काएकाे दाेलखा प्रहरीले कर्मचारी कुट्ने गुण्डा नाईके सुनुवारलाइ भने पक्राउ गरेको छैन । सुनुवारले बुधबार मतदाता परिचयपत्र वितरण गरिरहेका कर्मचारी प्रकाश खनालमाथी हातपात गरेका हुन् । स्थानीयका अनुसार एमालेका तर्फबाट तामाकोसी गाउँपालिका प्रमुखकाे उम्मेदवार रहेका अभिषेक सुवेदीसहितकाे टाेलिले कर्मचारी खनाल माथि हातपात गरेकाे हाे । मतदाता परिचयपत्र वितरणमा कर्मचारीलाई सहयोग गरिरहेका वडा अध्यक्ष महेश काफ्लेलाई पक्राउ गरेर प्रहरीले कर्मचारी कुट्ने सुनुवारलाई भने उन्मुक्ति दिएको हाे । सुनुवारले गुन्डागर्दीमा दिपक मनाङ्गेसंग जाेडिएर राजधानीको ठमेल र दरबारमार्गमा हैकम चलाउने गरेका छन् । एमालेका स्थानीय नेता समेत रहेका सुनुवार एमाले नेता, सांसद एवम् पुर्व मन्त्री पार्वत गुरुङको नजिक छन् । गुरुङकै छत्रछायामा उनी दाेलखामा एमालेको राजनीतिमा बामे सर्दै छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट