गएराती च्यामाबाट हतियार सहित एमाले कार्यकर्ता पक्राउ ,जनता माथि एमालेले  बर्षायाे ढुङ्गामुडा 

 अनलाइनखबर पाटी     २९ बैशाख २०७९, बिहीबार

दोलखा २९ बैशाख । जिल्लाको तामाकोसी गाउँपालिका -६,च्यामामा एमाले कार्यकर्ता द्वारा चुनाबका लागि मान्छे लिएर गाउँ आउदै गरेका गाडी माथी हात हतियार सहित ढुङ्गामुडा गरेका छन ।

गएराती एमाले कार्यकर्ता सुशील केसिको नेतृत्वको टोलिले गाडी माथी आक्रमण गरेको हो। आक्रमणबाट प्रहरी सहित केही स्थानीय घाइते भएका छन भने गाडीमा समेत क्षेती पुगेको स्थानियको भनाइ छ।
घटनामा सम्लग्न एक जनालाई हतियार सहित प्रहरीले राती नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।गाउँका स्थानीय गुण्डाका रुपमा चिनिने सुसिले केसि गाउँमा विभिन्न घटनामा सम्लग्न रहेका छन ।

स्थानिय हरुलाइ थर्काउने ,तर्साउने गर्ने र ढुङ्गामुडा गर्ने हतियार लिएर गाउँ घुम्ने गरेका उनलाइ प्रहरीले पनि समाउन बेवास्ता गरेको स्थानियको भनाइ छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट