नैतिकता छ भने राजिनामा देऊ, नेकपा एमालेको कार्यकर्ता यही भन्दै छन वडा हारुवा नेताहरुलाई
अनलाइनखबर पाटी ३ जेष्ठ २०७९, मंगलवारदोलखा ३ जेठ। नेकपा एमालेको आफुलाई अब्बल नेता भन्न रुचाउने आनन्दप्रसाद पोखरेल आफ्नै वडामा लाजस्पद रुपमा हारेकाछन ।
दोलखाली जनतामा भ्रमको खेती गर्दै हिड्ने पोखरेलको कालाकर्तु बल्ल स्वाभिमानी नागरिकले थाहा पाउन थालेकाछन । उनको हार सुरु भएको छ । २०७४ को स्थानियमा निर्वाचनमा उनी भागेर सदरमुकाम चरिकोटमा शरण लिन आएका थिए त्यही बेला बरु वडा हारे पनि गृह गाउँपालिका जितेका थिए ।
नेकपा एमाले दोलखाका जिम्मेवार एक नेता भन्छन ‘उनको खुरापती शैलीको नेकपा एमालेका नेता कार्यकर्ताहरुले समेत खुलेर बिरोध गरि रहेको अबस्थामा यस्ता बिवादीत मान्छे जफे पुग्दा डबल मतले वडा हारेको छ। झन पालिका १५ सय देखी दुई हजार मतको फरकमा हार्ने निश्चित देखिन्छ ।’ उनले भने ‘नैतिकता छ भने कतै राजनैतिक दस्तावाजमा उल्लेख छ भने, राजनैतिक पार्टीका स्वाभिमानी नेताहरुको नजिर छ भने पदबाट राजिनाम बिकल्प अरु हुन्न । ’
नेपाल सरकारका पर्यटन तथा नागरिक उडड्यान मन्त्रि समेत बनिसकेका नेता पार्टी संगठन तर्फ नभई पार्टीमा बिभिन्न समुह बनाउन तल्लिन पोखरेल डब्बल मतले वडा ,पालिका हार्दा नेकपा एमालेको आफुलाई स्वाघोषित अब्बल नेता होइन राजिनाम दिन तयार हुनु पर्दछ नेकपा एमाले दोलखाका जिम्मेवार एक नेताले बताए ।
नेकपा एमााले दोलखाका ईन्चाज ईश्वर चन्द्र पोखरेल वडा पनि यही हो । वडा हार्दा ईश्वर चन्द्र पोखरेल पनि नैतिक जिम्मेवारी लिनु पर्छ । तर दोलखाका अन्य पालिकाको तुलनामा तामाकोशी गाउँपालिका पोखरेल पालिका प्रमुख रहदा विकाशमा उत्कृष्ट पालिका हो । रातदिन पालिकामा बसेर जनताको दुख सुखमा साथदिने उपयुक्त उम्मेदवार छान नसक्दा ,पैसा बिना निर्वाचन असम्भब भनेर केही नेता भाग्दाको परिमाण तामाकोशीले पाएको छ । नैतिकता छ भने नारायण खड्का,जिबस खड्का,बसन्तराज कार्की,उदव पोखरेल,धिरज सुवेदी,शान्त केसी,उर्मिला खड्काले समेतले राजिना देऊ,राजनिति गर्ने अधिकार तिम्रा भाग दौडले समाप्त पारेकोछ, नाम नबताउने सर्तमा तामाकोशी गाउँपालिका एमाले एक नेताले दाबि गरे ।
यता कालिञ्चोक गाउँपालिका वडा नं ६ लापिलाङ भारी मतको अन्तरले नेपाली कांगे्रसका नेता भरत पाण्डेले जितेकाछन । कम्युनिष्ट पार्टीको आधार शिला भनेर दाबि गर्ने हाल जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे र गाउँपालिका प्रमुख बिनकुमार थामी यो वडा हो । सरकारी सेवा सुविधा उपभोग गरि सार्वसाधारण नागरिक माथि गरेको दमनको कारण पाण्डे र थामीको राजनैतिक दिन समाप्ती हुन लागेको जिल्ला स्तरीय नेकपा एमालेका नेताले भने । लापिलाङको ठेक्का लिने नैतिकता तिमीहरु संग छैन ,अरुलाई राजनैतिक धरातल खाली बनाउन ,नत्र सधै पार्टीले यही हविगत भोग्नेछ उनले आक्रोस पोखे ।
“आफै प्रवासी छ । भतुवा पनि । चिट्ठा पर्यो पार्टीको । सदरमुकाममा बसेर डेढअकले कुरा गर्ने लाई दोलखाली नागरिको तर्फबाट भन्नु केही छैन ,जहाँ यस्को पाईलो पर्छ सोही ठाउ खाल्डो पर्छ । बेलैमा राजनितिमा लखेट्नु शिवाय अरु केही छैन । यसले नेकपा एमाललेमा जातिय द्धन्द्ध चाडै ल्याउने छ । पार्टीलाई जिरो अबस्थामा पुराउछ । जुन संस्थामा पुग्छ त्यहाँ आर्थिक अनियकितामा नाम जोडिन्छ। पार्टीलाई दुर्गन्धित बनाउने छ ।” नेकपा एमाले दोलखाका बौधिक नेता एक नेताले दाबि गरे । करिब तेब्बर मतको अन्तरले वडा हारेकोछ, जितको शुभकामना दिन्छ अरुलाई,नैतिकता नभएपछि के लाग्छर उनले भने। ।
Leave a Reply