कोही वडा हरुवा,कोही पालिका हरुवा, असफल नेताहरु,

 अनलाइनखबर पाटी     ४ जेष्ठ २०७९, बुधबार

स्थानिय निर्वाचनमा आफुलाई सुप्रिम लिडर ठान्ने दोलखाका नेताहरु आफ्नै पालिकामा हार ब्यहोरेका छन । गौरिशंकर गाउँपालिका ५ सुरि स्थायी घर भएका नेपाल सरकारका प्रबक्ता समेत बनेका पूर्व सुचना,संचार तथा प्रबिधि मन्त्रि पार्वत गुरुङ लाजस्पदरुपमा गौरिशंकर पालिका हारेका छन।
नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गुरुङको राजनिति घमण्डका कारण नौ पालिकामा सात पालिकाका प्रमुख,उपप्रमुख र ७४ वडामा ४३ वडा जितेको एमाले अहिले दुई पालिका र १४/ १५ वटा वडामा सिमित हुने अबस्था देखीएको छ ।आप्mनै कार्यकर्तामा चरम दमनको गर्ने गुरुङकोे कारण बितृष्णा जागृत भएको दाबि नेकपा एमालेको एक सो्रतले बताएकोछ ।
नेकपा माओवादी केन्द्रका युवा नेता बिश्वास कार्कीले पार्वत गुरुङका आफन्त जंग गुरुङलाई हराएकाछन । पावर,धन,डनलाई पनि कार्कीले समाप्त पारिदिएकाछन खुशि हुदै नाम नबताउने शर्त एमालेकै कार्यकर्ताले आरोप लगाए । पावर,धन,डनका धाक लगाउने गुरुङका आसेपासे केही युवाहरुका पनि वडा समेत कांगे्रस र माओवादीले हराई दिएकाछन । युवाहरुको समेत भ्रष्ट नियती जनताले बुझेकाले मत बाटै तिरस्कार गरेको हुन सक्ने अनुमान यति खेर राजनितिक बृतमा चर्चा चल्न थालेकोछ ।
यता नेपाली कांगे्रसको ठेक्का सम्हालेका जिछिरिङ लामा, शेर्पा भए चाट्नै खोज्ने अरु जातिका लाई गालि गर्ने उनको नियतिले हार खाएको छ । लाक्पा शेर्पाको लागी मरि मेटेर सहयोग गरेर पनि पैसाले जनताको मन जित्न सकिदैन भन्ने प्रमाणित शेर्पाको गृह पालिका जिरी नगर पालिका हारेर भएकोछ । नेकपा एमाललेका नेता मित्र जिरेलको सान्दार जित भएको छ । नेपाली कांगे्रसका केन्द्रिय सदस्य समेत रहेको शेर्पालार्ई पछिल्ला दिनमा जनजातीको मात्र नेताका रुपमा हेर्न थालेको आफनै कार्यकर्ताको आरोप छ ।
कांगे्रस नेता ताराबहादुर कोईराला आफनै वडा पवटीमा हारेकाछन। उनले चिराईतो शैलिले गाउँपालिका र वडाले धेरै पटक हार ब्यार्हाेनु परिरहेको छ। वडा जिताउन नसक्ने अनि संघिय माननियको खुवाब राख्ने दिवा सपनामा देख्न उनी ब्यस्त छन ।
बर्मा लामा नेपाली कांगे्रसका पार्टी सभापति हुन । कांगे्रसको जित सुनिश्चित रहेको बेला गठबन्धनको नाममा नेकपा एस लाई आप्mनो गृह पालिका छोडेर निर्वाचनमा जाँदा हार ब्यार्हाेरे । धेरै वडाहरुमा लामाको धमण्डीपनका कारण हार ब्यार्होनुका साथ अन्य पार्टीलाई जिताउन बाध्य हुनु परेको कार्यकर्ताहरुले आरोप लगाएका छन । कांगे्रस, नेकपा माओवादी दोलखाको लागी बाँदरलाई भरेङ जस्तो बनेको सर्वत्र आरोप छ । यो भुमिका लामाको भएको दाबि गरिएकोछ ।
एमालेका धनवादका नेता बालकृष्ण शिवाकोटीकाे वडै हारेकाेछ । पैसाको फूर्ति छ उनलाई ।एमाले कै नेता ,अनी जनता किनेर प्रदेशको टिकट ल्याई निर्वाचन जित्ने दाउमा छन । जनताले वडै बाट तिरस्कार गरेको शिवाकोटी थाहा छैन की कसो ?ठाडो शैली एमाले कार्यकर्ताले प्रश्न गरेकाछन । काम गर्ने हामी । सधैं पैसाको कारण चर्चा यि शिवाकोटीको हुने गरेकाे बफदार कार्यकर्ताले भने ।
नेकपा एसका केन्द्रिय नेता समेत रहेका शिव भण्डारीले गृह पालिका मेलुङ गाउँ पालिका हारेर हारेकाछन । जनमत छैन ,उनको पार्टीलाई टिकट नभए गठबन्धन नहुने कारण प्रमुखमा नेकपा एस लाई दिए पनि बिजय हुन सकेन । तनमन देखी गठबन्धनदलले सहयोग नगरेको सबत्र्र आरोप लगाउदै हिड्न भण्डारी ब्यस्त छन ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट