भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित

 अनलाइनखबर पाटी     ६ जेष्ठ २०७९, शुक्रबार

दीपशंकर चाैलागाई/ दाेलखा
दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसका इश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार मानन्धरले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलगाईलाई १ हजार ४ सय ४२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित हुनुभएको हो ।
नेपाली कांग्रेका मानन्धरले ८ हजार ७ सय २३ मत ल्याउँदा एमालेका चौलगाईले ७ हजार ३ सय १ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नगरको उपप्रमुखमा समाजवादीकी उम्मेदवार संगीता पाख्रीनलाई ३ सय ४३ मतले पराजित गर्दै एमालेकी कमला बस्नेत विजयी हुनुभएको छ । उपप्रमुखमा निर्वाचित बस्नेतले ७ हजार २ सय ६४ मत पाउनुभएको छ भने उहाँकी निकटतम प्रत्यासी पाख्रीनले ६ हजार ९ सय २१ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट