मुख्य निर्वाचन अधिकृत न्याैपानले गराए सपथ

 अनलाइनखबर पाटी     ७ जेष्ठ २०७९, शनिबार

 

दीपशंकर चाैलागाई
दोलखा ७ जेठ । दोलखामा ९ वटै स्थानीय तहको प्रमुखलाई दाेलखाका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्याैपानले प्रमाण दिदै सपथ गराउनु भएकाे छ।

जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेकोमा सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भए लगत्तै सदरमुकाम चरिकोटमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा जिल्लाभरका पालिका प्रमुखलाई न्यायाधीश न्याैपानेले सपथ गराउनुभएकाे हाे।

सथप ग्रहण समारोहमा दाेलदाका प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडा ,तारादल गणका गणपति अनिल केसी ,शसस्त्र प्रहरी बल १८ नम्बर गुल्मका प्रमुख बुद्धि नारायण मर्हजन,सहायक प्रमुख जिल्ला अधिकारी दिपक काेईराला, प्रहरी निरिक्षक सुशील केसी ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाइकाे उपस्थिति रहेकाे थियोे ।निर्वाचन कुनै पनि अप्रिय घटना नभई सामान्य रूपमा सम्पन्न भएकाेमा निर्वाचन खटिएकन कर्मचारी ,सुरक्षाकर्मी ,संचारकर्मी र राजनैति दल लाई मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्याैपानले धन्यवाद दिनुभएकाे छ ।
दाेलखामा रहेका ९ स्थानीय तहमा भीमेश्वर नगरपालिका
प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस) ,उपप्रमुख : कमला बस्नेत (एमाले),जिरी नगरपालिका प्रमुख : मित्र जिरेल (एमाले),उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)
गाैरिशंकर गाउँपालिका प्रमुख : विश्वास कार्की (माअाेवादी केन्द्र),उपप्रमुख : श्यामसुन्दर तामाङ (कांग्रेस),वैतेश्वर गाउँपालिकाप्रमुख : छवि लामा (कांग्रेस),उपप्रमुख : कल्पना उप्रेती (कांग्रेस) निर्वाचित भएकाे छन ।

त्यसै गरि तामाकोसी गाउँपालिकाप्रमुख : प्राेणप्रताप केसी (एकीकृत समाजवादी),उपप्रमुख : सिर्जना सुवेदी (कांग्रेस) ,
मेलुङ गाउँपालिका प्रमुख : हिरा थाेकर (एमाले),उपप्रमुख : गायत्री अाचार्य (एमाले),शैलुङ गाउँपालिका प्रमुख : रिमालबाबू श्रेष्ठ (माअाेवादी केन्द्र),उपप्रमुख : पार्वती कार्की (एमाले) ,कालिञ्चाेक गाउँपालिका प्रमुख : अर्जुन प्रसाद शिवाकोटी (कांग्रेस), उपप्रमुख : कुल बहादुर बुढाथोकी (माअाेवादी केन्द्र)विगू गाउँपालिका प्रमुख : संजिव अाेली (माअाेवादी केन्द्र),उपप्रमुख : देविका थामी (एमाले) निर्वाचित भएका छन ।

दाेलखाजिल्लाको_७४ वडा मा नेपाली कांग्रेसले २५,नेकपा एमालेले २४ वडा,माओवादी केन्द्रले २१वटा वडामा,नेकपा एकीकृत समाजवादीले २ वडा र स्वतन्त्र उम्मेदवारले २ वटा वडा जितेकाछन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट