समाप्तिकाे बाटाेमा दाेलखा एमाले

 अनलाइनखबर पाटी     १० जेष्ठ २०७९, मंगलवार

दीपशंकर चाैलागाई
दोलखा १० जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दाेलखा जिल्लाको   दुई भन्दा बढीपालिका प्रमुख   जित्न सकेन। २०७४ को निर्वाचनमा सात पालिका र ४३ वडा जितेको एमाले सबै पालिकामा नेतृत्व गुमाउँदै २४ वडामा मात्र सीमित हुन पुगेको छ।समाप्तिकाे बाटाेमा दाेलखाकाे एमाले पुग्न लागेकाे संकेत हाे याे ।

दाेलखामा रहेका ९ स्थानीय तहमा भीमेश्वर नगरपालिका
प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस) ,उपप्रमुख : कमला बस्नेत (एमाले),जिरी नगरपालिका प्रमुख : मित्र जिरेल (एमाले),उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)
गाैरिशंकर गाउँपालिका प्रमुख : विश्वास कार्की (माअाेवादी केन्द्र),उपप्रमुख : श्यामसुन्दर तामाङ (कांग्रेस),वैतेश्वर गाउँपालिकाप्रमुख : छवि लामा (कांग्रेस),उपप्रमुख : कल्पना उप्रेती (कांग्रेस) निर्वाचित भएकाे छन ।

त्यसै गरि तामाकोसी गाउँपालिकाप्रमुख : प्राेणप्रताप केसी (एकीकृत समाजवादी),उपप्रमुख : सिर्जना सुवेदी (कांग्रेस) ,
मेलुङ गाउँपालिका प्रमुख : हिरा थाेकर (एमाले),उपप्रमुख : गायत्री अाचार्य (एमाले),शैलुङ गाउँपालिका प्रमुख : रिमालबाबू श्रेष्ठ (माअाेवादी केन्द्र),उपप्रमुख : पार्वती कार्की (एमाले) ,कालिञ्चाेक गाउँपालिका प्रमुख : अर्जुन प्रसाद शिवाकोटी (कांग्रेस), उपप्रमुख : कुल बहादुर बुढाथोकी (माअाेवादी केन्द्र)विगू गाउँपालिका प्रमुख : संजिव अाेली (माअाेवादी केन्द्र),उपप्रमुख : देविका थामी (एमाले) निर्वाचित भएका छन ।

दाेलखाजिल्लाको_७४ वडा मा नेपाली कांग्रेसले २५,नेकपा एमालेले २४ वडा,माओवादी केन्द्रले २१वटा वडामा,नेकपा एकीकृत समाजवादीले २ वडा र स्वतन्त्र उम्मेदवारले २ वटा वडा जितेकाछन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट