५ बर्ष सम्म टाेल टाेलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ परिक्षण गर्ने मेयर मानन्धरकाे प्रतिबद्धता

 अनलाइनखबर पाटी     १० जेष्ठ २०७९, मंगलवार

दीपशंकर चाैलागाई
दाेलखा १० जेठ। नेपाली कांग्रेस दाेलखाका नेता ईश्वर नारायण मानन्धरले भिमेश्वर नगरपालिकाकाे प्रमुखमा विजय भई पदभार गर्दा नगर भित्रका जेष्ठ नागरिकलाई मासिक रूपमा स्वास्थ्य परिक्षण गर्ने घाेषणा गरेकाछन।
मेयर मानन्धरले टाेल टाेलमा पुगी जेष्ठ नागरिककाे सुगर ,काेल्डस्टाेर,प्रेसर लगायतका दिर्घराेगकाे नियमितरूपमा चेक जाँच गरि स्वास्थ सेवा प्रदान गर्ने प्रतिबध्ता जाहेर गरेकाछन । ५ बर्षे कार्यकालमा जेष्ठ नागरिककाे स्वास्थ सेवामा उल्लेखनीय याेगदान पुराउन अहाेरात्र खटिरहने मानन्धरले बताए ।
यता प्रतिपक्षदल नेकपा एमालेका नेताहरू भन्छन जेष्ठ नागरिकको नियमित स्वास्थ चेकजाँच गर्छु भन्नू सस्तो लाेकप्रियता मात्र हाे ।पदभार मै उद्घघाेष गरेकाे कार्य
मानन्धरलाई चुनाैती रहेको छ।
दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसका इश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएकी छिन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट