हिमाली जिल्लाको एउटा अस्पतालमा ४३ वेडको आइसोलेसन १२ वेड एचडियू तयारी

 अनलाइनखबर पाटी     २० जेष्ठ २०७९, शुक्रबार

दीपशंकर चौलागाई
चरिकोट अस्पतालमा ४३ वेडको आइसोलेसन १२ वेड एचडियू तयारी अवस्थामा रहेको छ । कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि चरिकोट अस्पताले ब्यबस्था गरेको हो ।
शनिबार चरिकोट अस्पतालमा ३० जना कोरोनाका बिरामी रहेकोमा २२ जना आइसोलेसनमा ८ जना एचडियुमा रहेका चरिकोट अस्पतालका प्रमुख डा विनोद दंगालले जानकारी दिए ।
दोस्रो लहरको कोरोना माहामारीको रुपमा फैलिएपछि दोलखा जिल्लाका सरकारी अस्पतालहरुलाई कोरोना अस्पतालको रुपमा विकास गरिएको छ ।
कोरोना संक्रमितहरु दिनप्रतिदिन बढ्दै गइरहेका बेला जिल्ला सदरमुकामस्थित चरिकोट अस्पताल कोभिड अस्पतलाको रुपमा विकास भएको कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित सिंगटी अस्पताललाई कोभिङ अस्पतालको रुपमा विकास गरिएको छ । शुक्रबार मात्र अर्थ मन्त्रालयले कोभिड अस्पतालका लागीे चरिकोट अस्पताललाई १ करोड ५५ लाख, जिरीमा ८० लाख रकम बिनियोजन गरेकोछ । चरिकोट अस्पतालमा थप एचडियू विस्तार हुनेछ भने अक्सिजन प्लान्ट खरिद तथा जडान गरिने चरिकोट अस्पतालका प्रमुख डा दंगालले बताए ।
प्रादेशीक अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालले दोलखा जिल्लाका अलावा छिमेकी जिल्लाका कोरोना संक्रमित बिरामीहरुलाई समेत उपचार सेवा दिईरहेको छ । यसअघि कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराउँदै आएको चरिकोट अस्पतालले हाल जिल्लाका नागरिकहरुको स्वाय परिक्षण संक्रमण भए÷नभएको पिसिआर रिपोर्ट निकाल्ने काम पनि आएको छ । चरिकोट अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिन सहितको ल्यावमा हाल दैनिक सय जना मानिसको कोरोना परिक्षणगरेको अस्पताल प्रशासनले जनाएको छ ।

हाल १० वेडको आइसोलेसन सञ्चालन आएको जिरी अस्पतालले पनि सरकारवाट ८० लाख बजेटवाट अत्यावस्यक उपकरण जडान तथा ५ बेडको एचडियू विस्तार गर्ने जनाएको छ । जिरी नगरपालिका मातहत रहेको जिरी अस्पताल र गाउँपालिकाद्वारा सञ्चालित वैतेश्वर अस्पतालमा पनि १०÷१० वेडको आइसोलेसन तयारी अवस्थामा रहेको माहामारी बढ्दै गएपछि संक्रमणलाई मध्यनजर गर्दै आइसोलेसन तयारी अवस्थामा राखेको जनाइएको छ । वैतेश्वर अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको भने तामाकोशी गाउँपालिकामा पनि तामाकोशी अस्थायी अस्पताल सञ्चालनमा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको अस्पतामा ५ वेडको आइसोलेसन रहेको छ । हाल अस्पताल आइसोलेसनमा ३ जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको र इमर्जेन्सीमा ८ जना सम्मलाई राखेर उपचार सेवा दिने व्यवस्था गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक अरुणकुमार मिश्रले जानकारी दिए ।
जिल्लास्थित १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार सिंगटी अस्पताललाई कोराना अस्पतालको रुपमा विकास गरी अस्पतालमा २५ बेडको आइसोलेसन स्थापना गरिएको छ । कालिञ्चोक, गौरीशंकर विगु गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरी सिंगटी अस्पताललाई अस्पतालको रुपमा विकास गरिएको छ। अस्पतालमा २५ बेडको आइसोलेसन तयारी अवस्थामा रहेको ४जना एमविविएस डाक्टर २८ जना स्वास्थ्यकर्मी सहितको कर्मचारी रहेको छन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट