स्वार्णिम उपलब्धि हासिल गर्दै नेकपा माओवादी केन्द्र दाेलखा, लोकतन्त्र र जनताको स्वतन्त्र अभिमतलाई आत्मसाथ गर्दै अघिबढ्ने उद्घाेष

 अनलाइनखबर पाटी     २६ जेष्ठ २०७९, बिहीबार

 

दीपशंकर चाैलागाई
दाेलखा २६ जेठ।उम्मेदवारी दिएकाे मध्ये ७५ प्रतिशत पालिका प्रमुख र ५९ प्रतिशत वडा अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार बिजयीले गठबन्धनकाे राजनैतिक ईतिहासमा स्वार्णिम उपलब्धि हासिल गरेकाे नेकपा माओवादी दाेलखाले जनाएको छ।
४ पालिकाकामा प्रमुख पदमा उम्मेदवारी दिएकाेमा ३ र ३८ वटा वडा अध्यक्षमा उम्मेदवारी दिएकाे २२वडामा विजयी भएकाे ले राजनैतिक ईतिहासमा स्वार्णिम उपलब्धि हासिल गरेकाे नेकपा माओवादी जिल्ला कमिटी दाेलखाले प्रष्ट पारेकाे छ।
दुई पालिकामा उपप्रमुख पदमा उम्मेदवारी दिएकाेमा १ मा बिजय भएकाे नेकपा माअाेवादी जिल्ला कमिटी दाेलखाले जनाएको छ।

हाम्रो पार्टी प्रति जनताको भरोसा र परिर्वन प्रतिको तृष्णा अझैपनि उत्तिकै सशक्त रहेको निष्कर्ष निकाल्दै उक्त आशा, भरोसा र विश्वासलाई उच्च सम्मान गर्दै सदैव जनताको साथी बनिरहने दृढ प्रतिज्ञा गर्दै बैकठ सम्पन्न भएकाे नेकपा माओवादी जिल्ला कमिटी दाेलखाका सचिव सुब्बा श्रेष्ठले बताए ।
श्रेष्ठले भने यश पटकको स्थानीय तहको निर्वाचनमा जिल्लामा कायम रहेको ३ दलिय गठबन्धन सफल रहेको र आसन्न जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन दलमा भएको पूर्व सहमति कार्यन्वयनमा हाम्रो पार्टी इमान्दारिता पूर्वक लाग्नेछ ।

नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समिति दोलखाको पूर्ण बैठकले संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको लागि भखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई शानदार विजयी गराउन अमूल्य योगदान गर्नुभएकोमा मतदानमा भाग लिनुहुने आम दोलखावासी मतदाताहरु, पार्टीका नेताकार्यकर्ता, पत्रकार, बुद्धिजीवी, शिक्षक, निर्वाचन कार्यालयद्धारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी लगायत सम्बद्ध सबै निकायप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेकाेछ ।

शान्ति, संविधान र लोकतन्त्रको रक्षार्थ केन्द्रिय स्तरमा बनेको बाम लोकतान्त्रिक गठबन्धन अनुरुप जिल्लामा बनेको ३ दलीय गठनबन्धनको मुल मर्मलाई आत्मसातीकरण गर्दै नेकपा माअाेवादी केन्द्र लोकतन्त्र र जनताको स्वतन्त्र अभिमतलाई विश्वास गरि अगाडि बढ्ने छ जिल्ला संयाेजक कुलबहादुर बुढाथोकी द्वरा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। ५ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु हुने जिल्लाका सम्पूर्ण जनप्रतिनिधीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस पटकको निर्वाचनमा हाम्रो पार्टीबाट विजय हुनुहुने सम्पूर्ण जनप्रतिनिधीहरुलाई जनताको शासक नभई जनताको सेवक बनी संघियताको मर्म र जनअपेक्षा अनुसार घरघरमा सेवा पुयाउने गरी काम गर्न समेत नेकपा माओवादी जिल्ला कमिटी दाेलखाले निर्देशन दिएकाे छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट