किन राेके ? नापी र मालपाेतले जग्गाको कित्ताकाट र दृष्टिबन्धक गर्ने काम

 अनलाइनखबर पाटी     ३० जेष्ठ २०७९, सोमबार

दीपशंकर चाैलागाई
दोलखा ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र अनुसार नापी कार्यालय दाेलखाले जग्गाको कित्ताकाट र मालपोत कार्यालय दोलखा दृष्टिबन्धक गर्ने काम आजदेखि रोकेको छ ।

जग्गाको नयाँ कित्ताकाट आजबाट रोकिएको बताउदै नापी कार्यालय दाेलखाका प्रमुख अशाेक कुमार श्रेष्ठले भने कृषि क्षेत्र र गैर कृषि क्षेत्रकाे स्थानीय तहले बर्गिकरण गरि सिफारिस गरेपछि मात्र नापि कार्यालयले जग्गाको कित्ताकाट गर्ने छ ।
जेठ २७ गतेको मन्त्रिस्तरीय बैठकले खेतीयोग्य जग्गा (कृषि क्षेत्र) वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भुउपयोग परिषदले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्डका आधार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गिकरण गर्नुपर्ने र सोही निर्णय बमोजिम मात्रै स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्ने उल्लेख निमावाली गरेको नापी कार्यालय दाेलखाका प्रमुख श्रेष्ठले प्रष्ट पारे।
बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुने जग्गाको स्थानीय तहले बर्गिकरण गरेपछि मात्रै त्यस्तो लिखत पारित हुने भएपछि धितो बन्दक पनि रोकिएको छ ।

यता,मालपोत कार्यालय दोलखाका प्रमुख धनकुमार तमाङले भने मन्त्रीस्तरीय निर्णय अनुसार अब स्थानीय तहले जग्गालाई खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र भनेर वर्गिकरण गरेर नछुट्याएसम्म जग्गाको नयाँ दृष्टिबन्धक रोक्का गरिएका छाैं।

नापी र मालपोतमा कित्ताकाट र दृष्टिबन्धक रोक्का लागि सबैभन्दा बढी सेवाग्राही जाने गरेकाे पाईन्छ । अंशबन्डा गर्दा जग्गा नमिलेको खण्डमा कित्ताकाट गर्नुपर्ने र विभिन्न पेशा व्यवसाय गर्नका लागि ऋण लिन जग्गा रोक्का गर्नुपर्ने भएपनि अब यी दुवै काम तत्कालका लागि रोकिएको हो ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट