स्थानीय उत्पादनलाई थप उर्जा दिंदै घरेलु तथा साना उद्योग कार्यालय चरिकोटकाेेे औद्योगिक प्रदर्शनी
अनलाइनखबर पाटी ३० जेष्ठ २०७९, सोमबारदीपशंकर चाैलागाई ,दोलखा ३० जेठ।घरेलु तथा साना उद्योग कार्यालय दोलखाले दुई दिन सम्म जिल्ला स्तरीय साना उद्योग थोक बस्तु प्रदर्शनी मेला गरेकाे छ । साे मेलामा करिब दुई लाख बराबरको कारोबार भएको छ। मेला दाेलखा सदरमुकाम चरिकोटमा सनिवार र आइतबार चलेका थियोे ।
घरेलु तथा साना उद्योग चरिकोटका कार्यालयले जिल्लाका दुई नगरपालिका,सात गाउँपालिका सहभागी गराएर स्थानीय किसान तथा व्यवसायीले उत्पादन गरेरका स्थानीय उत्पादनलाई प्रदर्शनी गर्न दुई दिन राखेको थियोे ।
घरेलु तथा साना उद्योग चरिकोटका कार्यालय प्रमुख मिन बहादुर लामाले मेलामा १७ जना साना व्यवसायी एवं उद्योगी उत्पादन गरेका सामाग्रीलाई प्रदर्शनीको लागी राखेको जानकारी दिए।उनलेे भने मेलामा एक उद्योगीले २ हजार देखी १० हजारसम्मको ब्यापार गरेका छन।
स्थानीय वडाले दिएको ५ दिने अचार बनाउने तालिममा सहभागी बनेर अचार बनाउन सिकेकी सुन्द्रावति अचार उद्योगकि सलिना बस्नेतले ७ हजारको अचार बिक्री गरेको बताइन्।बस्नेतले दुई दिनको मेलामा ७ हजारको अचार बिक्री गरेको भन्दै खुशी व्यक्त गरिन।
त्यस्तै चरिकोट बजारमा ढाकाबुनाइ टेलर्स चलाउदै आएकी चरिकोटकि सुमित्रा श्रेष्ठले पनि ३ हजार
बराबरको साना ढाकाका कपडा,टोपी,थैलि,ब्याग बिक्री गरेको बताइन्।उनले पनि स्थानीय सरकारले दिएको सिलाईबुनाइ तालिम सिकेर यहीँ व्यवसाय सञ्चालन गर्दै आएकि छिन।
आर्थिक आर्थिक र परिवारको गुजारा गर्न साना व्यवसाय सञ्चालन गरेर पनि सकिने भन्दै धेरै जसो व्यवसायी खुशी देखिएको घरेलु तथा साना उद्योग चरिकोटले बताएको छ्।कार्यालयले प्रदर्शनी मेलामा सहभागी बनेर आफुले उत्पादन गरेका सरसामान बिक्री गर्ने १७ जना व्यवसायीलाई घरेलु तथा साना उद्योग चरिकोटका कार्यालयले सम्मान गर्दै प्रमाणपत्र समेत वितरण गरेको थियो।
मेलामा साना उद्योगीहरु आफैंले उत्पादन गरेको फलफूल,जुत्ताचपल,ढाकाटोपी,अचार,कपाल लगायतका १७ किसिमका सरसामान राखेका घरेलु तथा साना उद्योग चरिकोटका कार्यालय प्रमुख लामाले जानकारी दिए।
Leave a Reply