दाेलखामा बैंकहरूले ऋण दिन बन्द गरे,मालपोतमा आज एउटा पनि जग्गाको दृष्टिबन्धक भएन

 अनलाइनखबर पाटी     ३१ जेष्ठ २०७९, मंगलवार

दीपशंकर चाैलागाई
दाेलखा ३१ जेठ । जग्गा धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट लिने ऋण बन्द भएको छ ।
मालपोत कार्यालयले दृष्टिबन्धक र नापीले किताकाट नगरेका कारणा राष्ट्रिय बाणिज्य बैकले ऋण लगानी नगरेकाे जनाएको छ ।
समान्य कृषि कर्जाहरू दिन पनि राेकीएछ ,राष्ट्रिय बाणिज्य बैक चरिकोट शाखाका प्रबन्धक उपेन्द्र परियारले भने ।
यता,नेपाल बैक लिमिटेट चरिकोट शाखामा जग्गा धिताे राखेर ऋण लिन आज एक जना ग्रहाक पनि नआएकाे शाखा प्रबन्धक अनमिका रिजालले बताईन ।
कृषि र गैरकृषि क्षेत्रका रुपमा जग्गा वर्गिकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण नपाउने भएका हुन् ।
मालपोत कार्यालय दाेलखामा  दृष्टिबन्धक   गर्न एक जना पनि ग्रहाक नअाएकाे कम्प्युटर अप्रेटर अर्जुन प्रसाद चाैलागाईले बताए ।चाैलागाईले भने जग्गा फुकुवाकाे काम भने सुचारू रहेकाे छ ।कार्यालयले केही जग्गा फुकुवा काम आज गरेकाे उनले बताए।
भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रिय भुमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापि विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट