सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न नेविसंघकाे माग

 अनलाइनखबर पाटी     ३१ जेष्ठ २०७९, मंगलवार

दीपशंकर चाैलागाई
दाेलखा ३१ जेठ ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ । नेविसंघले आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हाे ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसङ्घले स्वागत गर्दै सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले माग गरेकाे छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा. नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न नेविसङ्घका अध्यक्ष शेर्पाको नेतृत्वको टोलीले माग गरेकाे हाे।

नेविसङ्घका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट