नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) प्रमुख र एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुखमा बिजयी
अनलाइनखबर पाटी १ असार २०७९, बुधबार
दीपशंकर चाैलागाई
दोलखा १ असार। दोलखामा जिल्ला समन्वय समितिकाे प्रमुखमा नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) निर्वाचित भएकाछन । उनले एमालेको ऋषिकेश उप्रेतिलाई हराएकाछन । त्यसै गरि जिल्ला समन्वय समितिकाे उपप्रमुखमानेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा बिजयी भएकाछन ।उनीहरू दुबै जना गठबन्धनका साझा उम्मेदवार हुन ।
जिससको सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचत भएका छन् । निर्वाचनमा गठबन्धन दल र एमालेका १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
जिससको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा भएको थियो । दोलखाका ९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी १८ जनाले जिससको पदाधिकारी चयन गर्न मतदान गरेका थिए
जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, कम्तिमा तीन महिला सदस्य र कम्तिमा एक दलित वा अल्पसंख्यक सदस्य रहने गरी ६ देखि ९ सदस्यसम्म रहने व्यबस्था छ । जिससको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १८ जना मतदाताले मतदान गरेका थिए। गठबन्धनका उम्मेदवारले ११ मत ल्याएकाछन ।
Leave a Reply