बिक्ने जनशक्ति उत्पादन गर्न जनप्रभातले सुरू गर्ने अंग्रेजी माध्यमकाे पढाइ,सहयोगी दाताबाट बालबालिकालाई लताकपडा र स्टेसनरी बितरण
अनलाइनखबर पाटी ३ असार २०७९, शुक्रबारदीपशंकर चाैलागाई
दाेलखा ३ असार ,दाेलखाकाे तामाकोसी गाउँपालिका २ काे श्री जनप्रभात माद्यामिकले सबै कक्षा अंग्रेजी माध्यमबाट पढाइ सुरू गर्ने तयारी गरेकाे छ ।
नेपाली शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न समयले अंग्रेजी माध्यमकाे शिक्षा अावश्यकता देखिएकाेले नयाँ याेजनाकाे साथ बिद्यालय ब्यबस्थापन समिति र विद्यालय प्रशासन लागि परेकाे छ ।
अंग्रेजी माध्यमकाे पढाइकाे लागि भन्दै सम्पन्न परिवारका बालबालिका निजि बिद्यालयमा पढ्न जाने गरेकाेले सामुदायिक बिद्यालयले समाजकाे मागलाई हेरि अंग्रेजी माध्यम बाट गुणस्तरीय शिक्षा दिन अपरिहार्य रहेकाेले तामाकोसी गाउँपालिका भर याे अभियान तत्काल सुरू गर्ने वडा नं २ का अध्यक्ष एवम जनप्रभात माद्यामिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष ईश्वर राज कार्कीले बताए ।
लायन्स क्लव अफ काठमाण्डाै टेम्पल भ्याली क्याेकुशिन कराँते, नेप्लिज फेसन हाेम-मिस नेवा: परिवार, नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघ, नेपाल टेलिकम,र नेपाल पत्रकार महासंघ दाेलखाकाे सहयोगमा विद्यार्थीहरूलाई लताकपडा ,कापी ड्पेन बितरण समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष कार्कीले प्राय जसाे बिपन्न नागरिकका बालबालिका सामुदायिक बिद्यालय पढ्ने हुदा सहयोगी दाताकाे सानो सहयोग काेशेढुङा सावित हुने बताए ।
गुणस्तरीय उत्कृष्ट शिक्षाकाे दिने जिल्ला धेरै विद्यालय मध्ये टप टेनमा पर्ने स्वार्गिय नेता ,नेपाली राजनीतिका आर्दश पुरूष भिमबहादुर तमाङ र समासेवि बम बम बहादुर कार्कीले स्थापना गरेकाे यस बिद्यालयले युगले मागेकाे समय सापेक्ष शिक्षा दिनका लागि अंग्रेजी माध्यममा पढाइ सुरू लागेको हाे ।
खाजाकाे नाममा एक कक्षा देखि ६ कक्षा सम्मका बालबालिकालाई राज्यले दैनिक १५ रूपिया दिने घाेषणा गरेर झाडा मात्र टारेकाे अाराेप नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाईले लगाएकाछन । अहिले एक कप चियाकाे २० रूपिया पर्छ ,१५ रूपिया दिएर सरकारले सस्तो लाेकप्रियता मात्र कमाउन खाेजेकाे उनले बताए । सच्चै बिद्यार्थीकाे हित चाहाने हाे भने स्थानीय सरकारले केही रकम थपि खाजा बापतकाे रकम बढाउन आवश्यक रहेकाे चाैलागाईले जिकिर गरे ।
नापी कार्यालय दाेलखाका प्रमुख अशाेक कुमार श्रेष्ठले भने समाजसेवा गर्नु पर्छ तर अाफैबाट सुरू भन्ने भावना युवा खेलाडीमा जागृत गराए ,मिस नेवा,लाईन्स क्लब अाबध्द मित्रलाई दिन दुखीहरूलाई सहयोग गर्नु पर्छ भन्दै उत्प्रेणा दिदै हिडेकाेले अाज यसकै परिमाण तामाकोसी २ झुलेकाे जन प्रभात माध्यमिक विद्यालयमा अाई पुगेका हाैं । सिहान श्रेष्ठका कारण बिगतका दिनमा दाेलखाका धेरै विद्यालयमा सहयोगी संस्था र व्यक्तिहरूले विपन्न बालबालिकालाई सहयोग गरिरहेकाछन । उनी कुशल,मनविर राष्ट्रसेवक कर्मचारी हुन ।
कार्यक्रमका प्रमुख अतिथि एवम लाईन्स क्लब गर्भनर रत्न बज्राचार्य ले भने समाजिक सेवा गर्न याे मुलुकमात्र विश्वकै १२१ राष्ट्रमा लाईन्स क्लब जन्मे हाे ।हामीले शिक्षा ,स्वास्थ ,गाँस,वास कपासका क्षेत्रमा विपन्न नागरिक फनई सहयोग गर्दै अाएका छाै गर्भनर बज्राचार्यले भने ।
बालबालिकाकाे आवश्कताकाे महसुस गर्दै लाईनस मिनश्री रत्न बज्रचार्य ,लाईन्स क्लवका मनकृष्ण श्रेष्ठ ,नापी कार्यालय दाेलखाका प्रमुख सिहान अशाेक कुमार श्रेष्ठ ,नेपाल टेलिकमका बाणिज्य विभाग प्रमुख सागर शाक्य ,नेपाल टेलिकमका मेनेजर सागर ढुङ्गाना,मिस नेवा २०२१ कि विजेता कृषा मर्हजन,२०२२ कि बिजेता सलिना मर्हजन र दाेलखाली चेली हेमा मानन्धर कपडा र शैक्षिक सामाग्री लिएर बिद्यालय पुगेका थिए। उनीहरू आर्थिक सहयोग लत्ताकपडा ,शैक्षिक सामग्री बालबालिकाहरूलाई बितरण गरिएकाे सहायक प्रधानाध्यपक कुल बहादुर घिसिङले जानकारी दिए।
जनप्रभात माविका सहायक प्रधानध्यापक घिसिङले तामाकोसी गाउँपालिकाकाे समृद्धिका लागि शैक्षिक क्षेत्रलाई समयसापेक्ष सुधार गर्नु पर्ने धारणा राखे ।सुचना तथा संचारकाे क्षेत्रमा पहुँच राख्न नसके शैक्षिक उदेश्य समेत पूरा नहुने हुदा नेपाल टेलिकमकाे फाेजि चल्ने बातावरण मिलाई दिन घिसिङ अनुराेध गरे।
साेही कार्यक्रम सहयोगी मनका धनी नेपाल टेलिकमका बाणिज्य विभागका प्रमुख सागर शाक्यले प्रक्रिया पुराएर आए तामाकाेशी पालिकाभर नेपाल टेलिकमले दिने फाे जि सेवा बिस्तार गर्न सहयोग गर्ने प्रतिबध्दता जाहेर गरेकाेछन ।
Leave a Reply