समाजसेवा नायक सम्मान,नागरिक सचेतना पत्रकारीता पुरस्कारबाट सम्मान , उत्कृष्ट स्वास्थकर्मी पुरस्कारबाट सम्मान गर्दै साधरण सभा सम्पन्न

 अनलाइनखबर पाटी     ५ असार २०७९, आईतवार

उज्यालो भबिस्य सस्था दोलखाको चौथो वार्षिक साधरण सभा सम्पन्न भएकाे छ। सभाले राजन बस्नेतकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितीकाे बरिष्ट. उपाध्यक्ष : कृष्ण कुमारी.जोशी उपाध्यक्ष : लक्ष्मी थापा ,महासचिव : निर्जला आचार्य (श्रेष्ठ )
सचीव : सृजना श्रेष्ठ ,कोषध्यक्ष : सकुन बस्नेत (श्रेष्ठ )
सदस्यहरु : राम ओली,सदस्य : भरत बस्नेत सदस्य : सुशीला श्रेष्ठ ,सदस्य : इश्वर बि.क ,सदस्य : शैलु खत्री सदस्य : अबिता बस्नेत सदस्य : प्रकाश बस्नेत चयन गरेकाे छ ।चौथो वार्षिक साधरण अबसरमा समाजसेवा नायक पुरस्कारबाट वडा अध्यक्ष वडा न: ३ हरीशरण सिवाकोटी :नागरिक सचेतता पत्रकारीता पुरस्कारबाट,
कालिन्चोक साप्ताहिकका सम्पादक दिपक बस्नेत उत्कृष्ट स्वास्थ कर्मी डा.देवेन्द्र गौतम सम्मानित भएकाछन ।

साधारणसभालाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, नेपाल प्रेस काउन्सिल सदस्य चिरञ्जीवी मास्के , नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष दीपशङ्कर चौलागाईं , नेपाल प्रहरी दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देल , नेपाल रेड्क्रस सोसाइटी दोलखा शाखा अध्यक्ष गोकर्ण प्रसाद पोखरेल , नागरिक अधिकार कर्मी कृष्ण बहादुर बस्नेत , उद्योग बाणिज्य संघ दोलखाका कोषअध्यक्ष अनिता श्रेष्ठ , नेपाल पत्रकार महासंघदोलखा का पुर्ब अध्यक्ष जीवन लामा, नेपाल बाल संगठनका अध्यक्ष राम प्रसाद सापकोटा , राष्ट्रिय युवा परिषद दोलखाका अध्यक्ष भरत रोहन श्रेष्ठ ,अधिबक्ता सुब्बा श्रेष्ठ , अधिकार कर्मी शृजना कार्कीले सम्बाेधन गरेका थिए ।
कार्यक्रममा स्थानीय रेडियोका प्रमुख तथा प्रतिनिधि , पत्रकार ,नागरिक समाज , आम नागरिक र उज्यालो भबिस्य दोलखाका पदाधिकारीहरुकाे सभागिता रहेकाे थियोे ।
साेही सभामा गौरीशंकर बालगृहका बालबालिकाहरुलाइ खेलकुदका सामाग्री हस्तान्तरण गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट