भिमेश्वर नगरपालिकाले बिनियाेजन गर्याे सार्वजनिक सेवा र विकास निर्माणका लागि ९० करोड ७० हजार रुपैया
अनलाइनखबर पाटी १० असार २०७९, शुक्रबारदीपशंकर चाैलागाई
दाेलखा १० असार ।पर्यटक हाम्रा पाहुना : नगर समृद्धिको गहना’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटनको विकास गन्तव्यको रूपमा यस नगरपालिकालाई विकास गर्ने लक्ष्यका साथभिमेश्वरनगरपालिकाकाे प्रथम नगर सभा अाज सम्पन्न भएकाेछ ।
पर्यटनमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने, पर्यटन गुरुयोजना तयार गर्ने, भीमेश्वर नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटकीय स्थलहरूको पहिचान, सूचना प्रविधि एवम् सूचना केन्द्रमार्फत प्रचार प्रसार गर्ने, पर्यटन पूर्वाधार निर्माण तथा विकास गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक भिमेश्वर नगरले बजेट विनियोजन गरेको छ । ‘
आस्थासँग जोडौँ सम्पदालाई, पदमार्ग खोलौँ पर्यटकलाई’ भन्ने नाराका साथ विभिन्न संस्कृति र परम्परासँग सम्बन्धित सांस्कृतिक प्रर्द्धशनी र धार्मिक तथा पर्यटकीय पदमार्ग निर्माणको कार्य सञ्चालन गर्ने, पर्यटकलाई आकर्षित गर्न मेला तथा महोत्सव आयोजना गर्ने भिमेश्वर नगरपालिका कि उप प्रमुख कमला बस्नेतले बताउनु भयाे ।
बस्नेतले बजेट बक्तव्यमा स्काई वाक, बन्जिजम्प जस्ता सहासिक खेल निर्माणको सम्भाव्यता अध्ययन गर्ने, रातमा पर्यटकका लागि सुरक्षित शहर बनाउनका निम्ती पर्याप्त मात्रामा सोलार सडक बत्ती, सिसि क्यामरा जडान गर्ने जस्ता क्रियाकलापका लागि आवश्यक बजेट विनियोजन गरेको छु। डॉड्डुङे डाँडामा निर्माणाधिन अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माणको कार्यलाई प्रदेश तथा सङ्घीय सरकारसँगको साझेदारीमा निरन्तरता दिइनेबताउनुभयो ।
पर्यटन क्षेत्रतर्फ रु. २ करोड ९२ लाख ७५ हाजार (३.२५ प्रतिशत) बजेट विनियोजन गरेको बस्नेतले सार्वजानिक गर्नु भयाे ।
रोकौ विदेश जान, खोलौँ आफ्नै कारखाना’ भन्ने नारालाई सार्थक गराउन सार्वजनिक निजी साझेदारी लगानीमा सम्भावित उद्यमीहरुको पहिचान गरी उद्यमशीलता विकासका लागि उद्यमशीलता सम्मेलन आयोजना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका नगरवासीहरूलाई विदेशमा सिकेको सिपलाई गरी उत्पादनमूलक कार्य गर्न सहयोग पुऱ्याइने, युवा रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न३ कराेड छ लाख बजेट छुट्टाएकाे उप प्रमुख बस्नेतले बताउनुभयो ।
सिद्धान्त र प्राथमिकतामा रही भीमेश्वर नगरपालिकाको समृद्धि र दीगो विकासका लक्ष्य प्राप्त हुने क्षेत्रमा लगानी गरिएको छ।
आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाको सार्वजनिक सेवा र विकास निर्माण कार्यहरूका लागि ९० करोड ७० हजार रुपैयाँ बजेट विनियोजनको प्रस्ताव गर्दछु उप प्रमुख बस्नेतले भन्नुभयाे आर्थिक वर्ष २०७९ / ०८० मा प्रस्तावित बजेट मध्ये विकासका विषयगत क्षेत्रको रुपमा हेर्दा ६ करोड ६८ लाख रुपैयाँ (७.४२ प्रतिशत) आर्थिक विकासमा ३५ करोड १५ लाख २३ हजार रुपैयाँ (३९.०६ प्रतिशत) सामाजिक विकासमा, ३४ करोड ३१ लाख २३ हजार रुपैया (३८.१२ प्रतिशत) भौतिक पूर्वाधार विकासमा, ३ करोड १ लाख ६२ हजार रुपैयाँ (३.३५ प्रतिशत) सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा र १० करोड ८४ लाख ६२ हजार रुपैयाँ ( १२.०५ प्रतिशत) कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजनको प्रस्ताव गरेकाे छु । ।
आर्थिक वर्ष २०७७/७८ मा भीमेश्वर सञ्चित कोषबाट खर्च हुने गरी कुल ९४ करोड २३ लाख १० हजार २ सय ७० रुपैयाँ बजेट विनियोजन भएकोमा ८० करोड ५१ लाख ४५ हजार १ सय ७२ रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ८५.१७ प्रतिशत खर्च भएको थियो
सोही आर्थिक वर्षमा चालु तर्फ ४० करोड ४५ लाख ६६ हजार ६ सय २० बिस रुपैयाँ विनियोजित भएकोमा ३७ करोड ६५ लाख ९१ हजार १ सय २३ रुपैयाँ अर्थात ९३.०९ प्रतिशत खर्च भएको थियो। त्यसै गरी पुँजीगत तर्फ ५३ करोड ९२ लाख ५० हजार ६ सय ५० रुपैयाँ विनियोजित भएकोमा ४२ करोड ७९ लाख ३९ हजार २ सय ५३ रुपैया अर्थात ७९.३६ प्रतिशत खर्च भएको थियो । साथै वित्तीय व्यवस्थापन तर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएकोमा ६ लाख १४ हजार ७ सय ९५ रुपैयाँ अर्थात ४०.९९ प्रतिशत खर्च भएको थियो ।
Leave a Reply