दाेलखामा डिप्रेसनका कारण आत्महत्या गर्नेकाे संख्या बढ्याे ,सरदर हप्तामा एकजना

 अनलाइनखबर पाटी     १३ असार २०७९, सोमबार

 दीपपशंकर चाैलागाई,दाेलखा १३ असार।दाेलखा जिल्लामा एक हप्तामा सरदर एक जना आत्महत्या गरि ज्यान गुमाउने गरेका छन । जिल्ला प्रहरी कार्यालय दाेलखाले एक तथांङक सार्वजनिक यस आर्थिक बर्षमा हाल सम्म ५१ जनाले आ त्महत्या गरेकाे जनाएको छ ।
जिल्लामा प्रहरी कार्यालय दाेलखाका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पाैड्यालले भन्छन “आब ०७८/०७९ मा दाेलखा जिल्लामा झुन्डिएर ४५ जना,बिषसेवन गरेर ६ जना गरि ५१ जनाले अात्महत्या गरेकाछन ।” भुकम्प र काेभिड पछि जिल्लामा आत्महत्या गर्नेकाे संख्या ह्वात्तै बढेकाे जिल्ला प्रहरी कार्यालय दाेलखाकाे तथांङकमा देखिन्छ ।बिगतका दिनमा दाेलखा जिल्लामा प्रहरी प्रमुख डिएसपीकाे भुमिकामा अाएकाे बासुदेव पाठक,भेषराज रिजालले जिल्लाका सम्पूर्ण विद्यालयमा, सारक्षरत प्रतिशत कम रहेकाे समुदाय गई नागरिकलाई जनचेतनामूलक कार्यक्रम संचालन गरि अात्महत्या न्यूनीकरणका लागि महत्त्वपूर्ण भुमि निर्वाह गरेका थिए । नागरिक सचेत रहे सम्वृद समाज बन्छ भन्ने उदेश्यले राष्ट्रसेवक प्रहरी अधिकृत कारण अभियान सफल भएकाे थियाे ।भखरै जिल्लामा प्रहरी प्रमुखकाे जिम्मेवारी लिएर आएका डिएसपी गंगा प्रसाद पाैड्यालकाे भुमि झन परिष्कृत हुनु पर्ने दाेलखाली ले अपेक्षा गरेकाे नागरिक समाज दाेलखाका अगुवा कृष्ण बस्नेतले बताए । बालअधिकार ,महिला अधिकार,जेष्ठनागरिकको अधिकार लगायत समग्र मानवअधिकारका सवालमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई पाेख्त बनाई टाेल बस्ती बस्तीमा स्थानीय पालिका संग समन्वय गरि अात्महत्या न्यूनीकरण सम्बन्धि जनचेतनामूलक अभियान संचालन गर्नुपर्ने अबस्था जिल्लामा देखापरेकाे नेपाल बार एशाेसियसन दाेलखाका अध्यक्ष समेत रहेका बस्नेत धारणा ब्यकत गरे। नागरिक बिना बर्दीका प्रहरी हुन राष्ट्रसेवककाे याे अभियान लाई दाेलखालीले साथ दिने छन बस्नेतले भने।
नागरिक लाई जनचेतना जागृत गराउन नसके यसले भयानकरूप लिने अनुमान गैरसरकारी संस्थाका प्रतिनिधिहरूले गरेकाछन । अार्थिकरूपमा कमजाेर,शैक्षिक बेरोजगारी ,सामाजिक संजालकाे दुरुपयोगका कारणा दिनानुदिन अात्महत्या गर्नेकाे संख्या बढेकाे हाे हुराडेक नेपाल दाेलखाका अध्यक्ष उदव प्रसाद पाेखरेलले बताए ।
डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । परीक्षामा असफलता ,प्रेममा बिछोड तथा असफलता , कष्टदायक वैवाहिक जीवन , अवैध गर्भ ,व्यापार-व्यवसायमा घाटा तथा क्षति ,धेरै ऋण , सामाजिक अपमान तथा बहिष्कार ,झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्ती, अरूको सामु बेइज्जती,प्रियजन तथा आफन्तको मृत्यु ,मानसिक अन्तर द्वन्द,मद्यपान तथा दुव्र्यसन , पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता ,यौन समस्या , घरेलु हिंसा तथा पारिवारिक कलह , बेरोजगारी तथा आर्थिक समस्या , बलात्कारको पीडा जस्ता कारण अात्महत्या गर्ने गरेकाे मानवअधिकारकर्मी हाेम पाठकले बताए । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्ने गरेकाे छन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट