किसानकाे दुख सुखमा हातेमालाे अभियान सुरू गर्दै अखिल नेपाल किसान महासंघ दोलखाले मनायो धान दिवस
अनलाइनखबर पाटी १५ असार २०७९, बुधबारदीपशंकर चाैलागाई,दाेलखा १५ असार ।अखिल नेपाल किसान महासंघ दोलखा जिल्ला कमिटि को आयोजनमा भि न पा ५ बिरुवा मा धान दिवस भब्य रुपमा समप्न्न भएको छ ।
नेकपा एमाले दोलखा जिल्ला कमिटि भिनपा ५ नम्बर का वडा अध्यक्ष बासु श्रेष्ठ लगाएत काे सहयोगमा धान दिवस
अखिल नेपाल किसान महासंघ दोलखा मनाएकाे छ। किसानलाई संगठित बनाउने उदेश्य ले धान दिवस मनाउन नेकपा एमाले दाेलखा ले अभियान सुरू गरेकाे छ ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य एवम नेकपा एमाले दाेलखाका युवा नेता केशव चाैलागाई भन्छन पार्टी संगठनलाई मजबुत बनाउन किसानकाे मा निरन्तर जाने अभियान नेकपा एमाले ले बनाईकाे छ ।जनताकाे मनमा सधै एमाले रहेकाे छ ।जालि पटाहाले बुथ कब्जा गरेर केही स्थान जिते पनि जनताकाे मन मस्तिष्कमा एमाले रहेकाे युवा नेता चाैलागाईले बताए ।
नेकपा एमाले दाेलखाका ईन्चार्ज ईश्वर चन्द्र पाेखरेलले भने किसानकाे दुख सुखमा सधैं साथ दिने एमाले हाे हामी अहाेरात्र किसान कै सेवा लाग्ने छाै ।सम्बृध समाज बनाउन कृषि क्रान्ती बाहेक अरू सम्भव नरहेकाे पाेखरेलकाे दाबि थियोे ।
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर दाेलखामा पनि मनाएकाे छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् ।
यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।
यता, वडा नम्वर ६ सिक्रीमा भीमेश्वर नगरपालिकाले रोपाईको आयोजना गरेको भिमेश्वर नगरपालिकाले जनाएको छ ।रोपाइँ कार्यक्रममा भिमेश्वर नगरपालिका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो।
Leave a Reply