सिर्जनशील र लगनशील युवाले मात्र समाज रूपान्तरणकाे पहरेदार गर्न सक्नेः बर्जुराम घतानी   

 अनलाइनखबर पाटी     १८ असार २०७९, शनिबार

दाेलखा १८ असार ।  जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सिर्जनशील र लगनशील युवाले मात्र समाज र देश रूपान्तरणका लागि पहरेदारको रुपमा अग्रसर हुन सक्ने भएकोले सोही अनुरूप युवाले जोस र जाँगरका साथ लाग्नुपर्ने बताए ।
युवाको क्षेत्रमा काम गर्नका लागि जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार रहेको जानकारी दिए।
सिर्जनशील र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तिकरण भन्ने नाराका साथ बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद जिल्ला युवा समिति दोलखाले तालिमको आयोजना गरेको थियोे ।भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले युवा शक्ति परिचालन भएकै कारण देशका विभिन्न परिवर्तन र आन्दोलन सम्भव भएको बताईन । बस्नेतले राजनीतिक दल वा अन्य स्वार्थी समुहले युवा शक्तिलाई आफ्नो स्वार्थको लागि मात्र प्रयोग गर्ने तर प्रयोगपछि उनीहरूप्रति उपेक्षा गर्ने गरेको उल्लेख गर्नुहुँदै अब सम्बन्ध्ति निकायले युवाको भविष्य र उनीहरूको हितमा लगानी तथा अवसर दिनुपर्ने बताउनुभयो । उनले युवाहरूले आफ्नो जोस, जाँगर र शक्ति सही क्षेत्रमा प्रयोग गरेको खण्डमा देश र समाजको विकास हुने दाबि गरिन । राम्रो अवसर, रोजगार, शिक्षाको अभाव लगायतका कारण युवाहरू कुलत र अन्यत्र रुमलिएको अवस्थामा उनीहरूलाई त्यसबाट पार लगाउन पथप्रदर्शक आवश्यक रहेको बताईन।

प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले युवा जोस र शक्तिलाई समाज रूपान्तरण र भविष्य निर्धारणको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । युवालाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अग्रस्थान दिइनुपर्ने बताउँदै काउन्सिलका सदस्य मास्केले अहिले वर्षाको मौसम निरन्तर पानी पर्दा विपदको जोखिम र घटनाहरू भइरहेकोमा प्रशिक्षित स्वयंसेवक युवाहरूले विपद व्यवस्थापनमा समेत सक्रिय हुनुपर्ने धारणा राखे ।
तालिममा यसअघि नै छनौट गरिएका २० जना युवाहरूको सहभागिता थियो ।
उनीहरूलाई नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईँ र पूर्वअध्यक्ष जीवन लामाले प्रशिक्षण दिएका थिए।

सिर्जनशीलता र उधमशिलता प्रबर्द्धन वाग्मतीमा युवा सशक्तीकरण ” भन्ने मुल नाराका साथ वाग्मती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय प्रदेश युवा परिषद जिल्ला युवा समिति दोलखा प्रदेश युवा स्वयंसेवक तालिम तथा सामाग्री वितरण कार्यक्रम जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरतरोहन श्रेष्ठको अध्यक्षतामा चरिकोट स्थित एम्ब्रोसिया होटलमा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट