स्वास्थ्य केन्द्रकाे स्तराेन्नती गरि अस्पताल संचालनका लागि जग्गा उपलब्ध गराउने मेयर मानन्धरकाे प्रतिबध्ता
अनलाइनखबर पाटी २४ असार २०७९, शुक्रबार
दाेलखा २४ असार ।जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र चरिकोटलाई स्तराेन्नति गरि अस्पताल संचालनका लागि जग्गा उपलब्ध गराई दिने भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले प्रतिबध्ता गरेकाछन ।
स्वास्थ्य केन्द्र चरिकोट दोलखाले बिरामी उपचारमा सक्रियता देखाएकोमा प्रसंशा गर्दै जग्गा उपलब्ध गराउने बताएका हुन ।
आयुर्वेद सेवाबाट दोलखाका धेरै जसो बिरामीलाई राहत महसुस भएको छ मेयर मानन्धरले बताए ।
जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रकी डाक्टर पुनम नेपालले जिल्ला आर्युबेद कार्यलय दोलखाले आयोजना गरेको स्थानिय जनप्रतिनिधि समेतको सहभागितामा आर्युबेद समबन्धि समन्वयात्मक कार्यक्रममा २० हजार १ सय ६ बिरामीलाई उपचार गराएको तथ्याङक सार्वजनिक गरेकीछिन ।
मानन्धरले आर्युबेदको बिकासमा स्थानिय सरकारले सक्दो सहयोग गर्ने र आर्युबेदको अहिलेको टिमले गरेको कार्यको प्रसंसा गरेका छन ।
कार्यक्रममा कालिन्चोक गाउँपालिकाका उपप्रमुख कुल बहादुर बुढाथोकीले कार्यलयले गरेको कामको खुलेर तारिफ गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईले आर्युबेद कार्यलयले गरेको काम कारबाहिको खुलेर प्रशंसा गरेका थिए ।
जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र दोलखा अन्र्तगतका नागरिक आरोग्य सेवा केन्द्र तामाकोशी, बिगु, शैलुङ गौरीशंकर लगायतका स्थानमा आएका २० हजार १ सय ६ नागरिकको उपचार गरिएको छ । डाक्टर पुनम नेपालको सक्रियतासँगै आर्युबेदीक बिधिबाट उपचार गर्न आउनेको संख्या बृद्धि भएको हो । यहाँ उपचार आउनेमा अधिकांस पेटमा समस्या देखिएका र हार्डजोर्निमा समस्या भएका बिरामीको उपचार गरिएको डाक्टर नेपालले बताईन् । प्रदेश सरकारको माताहातमा रहेको यो कार्यलयको भौतिक संरचना अभाब हुँदा नागरिकहरुले भनेजस्तो सुबिधा पाउन सकेका छैनन् । दोलखाको पुरानो आर्युबेद केन्द्रको प्रयाप्त जग्गा नहुँदा साँघुरो गरेर नागरिकहरुलाई सेवा दिईरहेको छ । कार्यलय को जग्गा नहुँदा प्रदेश सरकारले डिपिआरका लागि पठाएको बजेट समेत खेर जाने भएको छ । कार्यक्रममा जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर पुनम नेपालले कार्यलयलाई जग्गा अभाब हुँदा नागरिकहरुको उपचारमा समस्या भएको र भने जति सेवा दिन नसकेकाले जग्गा उपलब्ध गराईदिन स्थानिय सरकारसँग माग समेत गरेकी छिन् ।
Leave a Reply