भिमेश्वरकाे कार्यक्रम तथा आयोजना समेटेको  पुस्तक   बिमाेचन

 अनलाइनखबर पाटी     २८ असार २०७९, मंगलवार

दीपशंकर चाैलागाई
दाेलखा २८ असार।आर्थिक वर्ष ०७९/०८० मा भीमेश्वर नगरपालिकाले सञ्चालन गर्ने योजना, कार्यक्रम, बजेट वक्तव्य, आर्थिक ऐन, विनियोजन ऐन लगायतका नगरका कार्यक्रम तथा आयोजना समेटेको  पुस्तक     बिमाेचन भएकाे छ ।
जिल्ला समन्वय समिति दाेलखाका प्रमुख बर्जुराम घतानीले भिमेश्वरकाे समग्र नगरको नीति तथा कार्यक्रम र समग्र पक्ष बारे नगरबासीहरुलाई जानकारी गराउने उदेश्यले प्रकाशित पुस्तककाे बिमाेचन गरेका हुन ।

भिमेश्वर नगरपालिका कि उप प्रमुख कमला बस्नेतले  सीमित स्रोत र साधन, असिमित जनअपेक्षा र आवश्यकता, चरणबद्ध छलफलका लागि कम समय तर तोकिएको समयभित्रै कार्यसम्पन्न गरिसक्नुपर्ने बाध्यता लगायतका चुनौतिहरूको सामना गर्दै नगरको आर्थिक वर्ष २०७९/८० को बजेट आएको बताईन।

बस्नेतले बजेटमा नगरको बृहत्त योजना २०७७ ले तय गरेको ‘कृषि-पशुपालन, पर्यटन, दिगो पूर्वाधार शिक्षा स्वास्थ्य र संस्कृतिले समुन्नत भीमेश्वर नगर भन्ने दुरदृष्टीलाई ध्यान दिईएको जानकारी दिईन।
नगरको समग्र विकासका लागि पूर्वाधार निर्माण, कृषि प्रविधिको प्रयोग गर्दै नगर क्षेत्रका किसानको उन्नत्ती, पशुपालनमा सहज सुविधा, आधुनिक शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच, स्वरोजगार, साना तथा मझौला उद्योगको विकास र पर्यटनमा अब्बल भीमेश्वर नगर बनाउने जस्ता विषय यस बार्षिक योजना तथा बजेटको प्रमुख लक्ष्य हो बस्नेतले भनिन यस बजेटको कार्यान्वयनबाट नगरको दिगो विकासमा सहयोग पुग्ने अपेक्षा लिईएको छु।

पुस्तक बिमाेचन समारोहका अध्यक्ष  एवम भिमेश्वर नगरपालिका का प्रमुख ईश्वर नारायण मानन्धरले  नगरबासीहरुको टोल बस्ती सम्मै पुगेर नगरबासी मार्फत नै योजना प्रस्ताव गर्ने कार्यलाई निरन्तरता दिई समयको चापका बिच सरोकारवाला, बुद्धिजिवी सबैसंग छलफल गर्दै यस अघिको नगर नेतृत्वले थालनी गरेका राम्रा
कार्यक्रमलाई निति तथा कार्यक्रममा यस वर्ष पनि समेटेर निरन्तरता दिएकाे बताए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट