भानु जयन्तीमा रामायण वाचन प्रतियोगिता, कवि खड्का पुरस्कृत संगै साहित्यिक पुस्तक विमोचन,

 अनलाइनखबर पाटी     २९ असार २०७९, बुधबार

दीपशंकर चाैलागाई,दाेलखा २९ असार ।भानु-विद्यापति साहित्य प्रतिष्ठान,तथा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले दोलखा सदरमुकाम चरिकोटमा साहित्यकार भानुभक्त आचार्यको दुईसय नवौं भानु जयन्तिको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

भिमेश्वर नगरपालिकाकाे हलमा रामायण वाचन प्रतियोगिता तथा दोलखा साहित्यिक यात्रा भाग-३ पुस्तक विमोचन गरेर भानु जयन्ति मनाइएको हो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा भानु–विद्यापति साहित्यिक पुरस्कार–२०७९ बाट दोलखाका कवि मान बहादुर खड्का पुरस्कृत भएका छन ।

२०९ औं जन्म जयन्तीको अवसरमा चरिकोटमा आयोजना गरेको एक कार्यक्रममा कवि खड्कालाई पुरस्कृत गरिएको हो । निजामती सेवामा आवद्ध भएतापनि लामो समय देखि दोलखा जिल्लामा वसी जिल्लाको साहित्यक क्षत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै प्रतिष्ठानले कवि खड्कालाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित पुरस्कृत गरेको हो । कवि खड्कालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी र भिमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानान्धरले प्रमाणपत्र र नगद सहित सम्मान गरेका थिए ।
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव स्तरका निजामती कर्मचारी कवि खड्का कविता लेखनमा अब्बल मानिनुहुन्छ । कवि खड्काले विभिन्न कविता संग्रहहरु प्रकाशित गरि सकेका छन ।

कार्यक्रममा रामायण वाचन प्रतियोगिता अन्तर्गत बिद्यालयमा पढ्ने विद्यार्थी तथा अन्य प्रतियोगिहरूले रामायणका श्लोकहरू वाचन गरेका थिए ।

कार्यक्रम जिल्ला एक दर्जन बढी साहित्यकारले रचना गरेरका कविता,गजल तथा लेखहरु प्रस्तुत गरेका थिए।कार्यक्रममा भिमेश्वर नगरपालिका मेयर ईश्वरनारयण मानन्धर,उपप्रमुख कमला बस्नेत,प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं लगायतले भानु जयन्तीको अबसरमा शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

रामायण वाचन प्रतियोगितामा बुढाभिमसेन माध्यमिक विद्यालयका बिद्यार्थी प्रथम,कुटिडाँडा माध्यमिक विद्यालयका बिद्यार्थी दितिय,भएका छन ।

प्रतिष्ठानले दोलखा जिल्लाको समग्र साहित्यिक सम्पदा र गतिविधिहरूको संरक्षण तथा प्रवर्धन गर्ने मुख्य लक्ष्य लिएको छ । बहुभाषिक, बहुसांस्कृतिक साहित्य सम्पदालाई प्रवर्धन गरी राष्ट्रिय एकता, अखण्डता, सहअस्तित्व र सहकार्यलाई बलियो बनाइ साहित्यको माध्यमबाट सामाजिक विकासमा योगदान गर्ने उद्देश्य लिइ प्रतिष्ठानले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र मैथिली साहित्यका महाकवि विद्यापतिलाई मुख्य आदर्श बनाइ जनकपुरधाम नगरपालिका र मैथिली साहित्यसम्बद्ध संस्थाहरूसँग सहकार्य अघि बढाएको छ ।

जिल्ला समन्वय समिति दोलखाका संयोजक बर्जुराम घतानीको प्रमुख आतिथ्यता तथा भानु बिद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

यसैगरी दोलखा साहित्य यात्रा भाग ३ तथा बालकृष्ण थपलियाद्वारा लिखित नेपालको चिनारी कविता नामक कविता संग्रहको विमोचन समेत गरिएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट