११आैं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियाेगिता -२०२२” मा बिजेता खेलाडीहरुलाई सम्मान
अनलाइनखबर पाटी ३० असार २०७९, बिहीबारदीपशंकर चाैलागाई
दाेलखा ३० असार ।आज नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघकाे आयाेजनामा गुरु पुर्णिामा काे शुभ अवसरमा भारतमा सम्पन्न भएकाे “११अाैं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियाेगिता -२०२२” मा बिजेता खेलाडीहरुलाई सम्मान गरिएकाे छ ।
राष्ट्रिय खेलकुद परिषद्काे उपाध्यक्ष शिव काेईरालाकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त “खेलाडी सम्मान तथा गुरु पुर्णिामा कार्यक्रम -२०७९” मा संघले साउथ एसियन प्रतियोगितामा १६ स्वर्ण, ७ रजत र ९ कास्य पदक प्राप्त खेलाडीहरुलाई खादा, माला र सम्मानपत्र प्रदान गरिएकाे थियाे ।
संघका अध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठकाे सभापतित्वमा भएकाे संघका महासचिव प्रविण बस्नेतले , संघका सल्लाहकार तथा रा.खे.प.सदस्य जनक बर्ताैला, बरिस्ठ उपाध्यक्ष हेमा मानन्धर, मिस नेवा:२०२१ कृषा महर्जनले बधाई तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे ।
विशेष अतिथी समाजसेवी सुर बहादुर श्रेष्ठले गुरु पुर्णिामाकाे महत्त्वका साथै शिष्य र गुरुकाे अलाैकिक सम्बन्धका बारेमा प्रकाश पार्दै खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरमा नेपालकाे नाम उच्च राखेकाेमा हार्दिक बधाई दिनुभएकाे थियाे ।विभिन्न जिल्ला तथा डाेजाे साथै बिभागिय टिम नेपाली सेनाका गरि १३५ जना खेलाडीहरु सहभागी रहेकाे उक्त कार्यक्रममा खेलाडीहरुले खेलकुद प्रदर्शन गर्नुका साथै एक आपसमा शुभकामना आदानप्रदान गरि गुरुहरुलाई उपहार, मायाकाे चिनाेका साथै खादा, माला, अविर लगाएर भव्य रुपमा गुरु पुर्णिामा मनाईएकाे थियाे ।
Leave a Reply