गोरखाका पहिरो पिडितको उद्धार, राहत तथा बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्रको निर्देशन

 अनलाइनखबर पाटी     ३० असार २०७९, बिहीबार

मौषम देबकोटा – असार ३०, गोरखा | गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो । पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

पहिरोबाट विस्थापितलाई उद्धार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताउनुभयो । पहिरोले ६ घर पुरेको छ । मानवीय क्षति भने भएको छैन ।
तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट