युगान्तकारी परिवर्तनका संवाहक लामाकाे कारण दाेलखा कांग्रेसकाे शिर उच्च हुदै

 अनलाइनखबर पाटी     १९ श्रावण २०७९, बिहीबार

राजनीतिक र आर्थिक समानताको आन्दोलनका लागि प्रेरणा दिनु समाजवादको मूल उद्देश्य हो । समाजवादको नाराले आमजनतामा आशाको सञ्चार गरिरहन्छ। तर, त्यो आशा साकार हुन चाहिने परिस्थिति हामीसँग छैन भन्ने कुरा दोलखाको सन्दर्भमा अब सान्दर्भिक हुने छैन । स्थानीय निर्वाचन पश्चात् नेपाली काँग्रेस दोलखामा अब नयाँ सांगठनिक संचारको शुरुवात भएको छ । नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले हरेक मानिसका भावना, इच्छा, चाहना र आकांक्षालाई समेत व्यवस्थापन गरी अत्यन्त बुध्दिमतापूर्वक सांगठनिक विकास गरिरहेका छन । सबैले आफ्नो व्यक्तित्व विकासमा समान अवसर पाउनुपर्छ भन्ने उदेश्यले स्थानीय निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट जनताबीच लाेकप्रिय स्थानीय नेताहरूलाई उम्मेदवार बनाए । सबै क्षेत्र , वर्ग, लिंग, जातजाति, भाषाभाषी र समावेशी समाजवादको नीतिलाई अवलम्बन गर्दै गरिएको उक्त निर्णयले यस पटक लामाकाे नेतृत्वमा पार्टीले उदारहणीय सफलता प्राप्त गर्याे । फलस्वरूप विगतका निर्वाचनमा जस्तो पार्टीले हार व्यहोर्नु पर्ने परिस्थितिबाट आफू र पार्टीलाई जोगाउन उनको चलाखीपूर्ण निर्णयले पार्टीको विरासत बचाएको छ ।

निर्वाचनको बेला नेतृत्वको कमजोर भूमिकाको कारण सधै शिर झुकाउने दाेलखा कांग्रेसकाे शिर यसपटकको निर्वाचन परिणामले उच्च बनाएको छ । गठबन्धनकाे नेतृत्व गरेको दोलखा कांग्रेसले नाै वटा पालिका मध्ये गठबन्धनको पक्षमा सातवटा पालिकामा प्रमुख, पाँच पालिकामा उप प्रमुख र पचास वटा वडामा वडाअध्यक्षमा बिजय गराउन सफल भयाे । परिणामले निरंकुश एवं अधिनायकवादी शैलीमा नेतृत्व गरिरहेको नेकपा एमालेलाई जिल्लामा समाप्तिको गाेरेटाे हिडाउन दर्हो जग बसाल्न लामाकाे नेतृत्व सफल भयाे। राजनीतिक समाजवाद लोकतन्त्र हो र समाजलाई सम्वृद्धितर्फ डोर्‍याउने परिकल्पना साकार बनाउन नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको जगमा समाजका सबै वर्गको मानिसहरुको समान हक–अधिकार सुरक्षा गर्दै तथा जिल्लाका समग्र क्षेत्रको विकासलाई सँगसँगै लैजान लामाकाे नेतृत्व सफल देखिएको छ । सभापति लामाको विचार र सिद्धान्तलाई ‘बीपीवाद’ कै रूपमा मानेर नेपाली कांग्रेस दाेलखाले आफ्नाे अस्तित्व जनताको माझ स्थापित गर्न सफल भएको छ । पार्टी संगठन मजबुत बने मात्र बिजय हासिल गर्न सकिन्छ भन्ने उदाहरण लामाको नेतृत्वले स्थापित गरेको छ । उनी सभापति बने लगत्तै सांगठनिक सुदृढीकरण र विकासको निम्ति सन्चालित गाँउजागरण अभियान, टाेल समिति निर्माण , वर्गीय संगठनकाे पूर्णता, शुभेच्छुक संस्थाहरूलाई चलायमान गराउने याेजनाले नै निर्वाचनमा जित हासिल गराउन काेशेढुङ्गा सावित भएकाे छ ।

गाउँ नै गाउँ भएको र विभिन्न जातजाति बस्ने भएकाले दाेलखाका ग्रामीण भेगका जनताका लागि लक्षित गरिएको विकास साँचो अर्थमा विकास हुन्छ भन्दै नेपाली कांग्रेसले गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अाफ्ना याेजना र कार्यक्रम बनाउँदा जनताको भावना, चाहना र आवश्यकतालाई लक्षित बनाइ योजना निर्माणको लक्ष्य बनाउन निर्देशित गर्दै अाएकाे छ । सहरको विकासमा मात्र जोड दिँदा वास्तविक समाजवाद आएको मानिँदैन र त्यसलाई विकास पनि मानिँदैन भन्ने कांग्रेस दाेलखाका लाेकप्रिय, निडर नेता लामाले सार्वजनिक सभाहरूमा बताउदै आएका छन । दाेलखा कांग्रेसकाे राजनैतिक इतिहासमा युगान्तकारी परिवर्तनका संवाहक लामाले विकास र समृद्धिका लागि बालबालिका, युवा, महिला र ज्येष्ठ नागरिक सबैको अधिकारको सुनिश्चितता गराउने अभियान संचालन गराउन गुरूयाेजना अगाडि सारेका छन ।

पार्टीको सञ्चालनको सन्दर्भमा सिद्धान्त आत्मा हो भने संगठन शरिर अनि नेतृत्व मस्तिष्क हो । नेतृत्वको चयन एजेण्डाको आधारमा हुनुपर्दछ । पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका कोर्नुको साथै नीति र विधिमा पार्टी चलाउनुपर्दछ । शिथिल नेतृत्व र यथास्थितिवादी सोच बोक्नेले नेतृत्व गरेमा संगठनमा कहिल्यै गतिशीलता आउन सक्दैन । त्यसैले नीति एकातर्फ नेतृत्व अर्कोतर्फ हुँदा तालमेल हुन सक्दैन । त्यसैले नीति, नेता र नेतृत्वबीच अत्यन्तै तालमेल हुनुपर्दछ । अब प्रदेश र संघीय निर्वाचन नजिकिंदै छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसलाई जिताएर दोलखामा नेपाली काँग्रेसको गर्वीलो इतिहास रच्ने जिम्मेवारी लामाको काँधमा छ । त्यसैले इतिहासलाई सम्मान गर्दै भविष्यकोलागि नयाँ इतिहास रच्ने लामाको उद्देश्यमा आम कार्यकर्ता र सम्पूर्ण होनहार दाेलखाली कांग्रेस एकजुट हुन जरुरी छ । विगतमा पटकपटक कम्युनिष्टहरुलाई जिताएर दु:ख पाएको कुरालाई सम्झेर आम दोलखालीले नेपाली कांग्रेसलाई जिताउनु पर्नेछ । त्यसका लागि विना स्वार्थ पार्टी र समाजप्रती क्रियाशील पंक्तिले फेरि एउटा नयाँ जोश, जाँगर, सोच, शैली र नयाँ बाटो पहिल्याएर अगाडि बढ्न जरुरी छ ।

उच्च बौद्धिक क्षमता भएको, राष्ट्रिय जनजीवनलाई बुझेको, राष्ट्रिय संस्कार र संस्कृतिलाई आत्मसात् गरेको पार्टी नेपाली काँग्रेस कमजोर हुँदा आफू मात्र होइन सिङ्गो देश र जनता कमजोर हुन्छ्न ।नेपाली राजनीतिका आर्दश पुरूष ,नेपाली कांग्रेसका उज्ज्वल नक्षेत्र भिमबहादुर तमाङले काेहाेरेकाे बाटाेलाई अंगाल्दै पार्टी संगठनलाई अगाडि बढाए सफलताकाे शिखर चुम्न सकिन्छ। नेपाली कांग्रेसलाई नै मुलुकमा ठुलो र पहिलो पार्टी बनाउन पुन: जनस्तर सम्म पुग्न आवश्यक देखिन्छ । नेपालको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मुल अभिष्ट हो l राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ अडान र निरन्तर सांगठनिक अभियानमा दाेलखा कांग्रेसकाे सदैब मुलमन्त्र बन्न आवश्यक छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट