दुरुपयोग बढेसँगै रामेछापबाट बाहिरिने सरकारी गाडीलाई पास अनिवार्य
अनलाइनखबर पाटी १४ पुष २०७९, बिहीबाररबिन्द्र कार्की पुस-१४, रामेछाप । रामेछाप जिल्लाभित्र सरकारी यातायातको जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट कामका लागि बाहिरिने सरकारी सवारी साधनको पास अनिवार्य गर्ने निर्णय गरेको छ ।
सरकारी गाडीको दुरुपयोग रोक्नका लागि अब जिल्लाबाट बाहिर जाने जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले कारण खुलाएर जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्नेछ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सरकारी साधनको अनावश्यक रुपमा दुरुपयोग बढेको जनगुनासो आएसँगै जिल्लाबाट बाहिर जाने सरकारी साधनलाई अनिवार्य रुपमा पासको व्यवस्था गरिएको अनलाइनखबर पाटीलाइ बताए ।
उनले आवश्यक कामका लागि जानको लागि जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि अवरोध हुँदैन, तर कारण र पत्र खुलाएरको प्रमाणको आधार मात्र पास दिने व्यवस्था गरेका छौं ।
Leave a Reply