मेलुङ गाउँपालिकाले ३९ अपाङ्ग परिचयपत्र वितरण

 अनलाइनखबर पाटी     १ माघ २०७९, आईतवार

कोपिला कार्की माघ-१, चरिकोट । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ ।

पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग परिचयपत्र वितरण गरेको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले ५ जनालाई क वर्ग, ५ जनालाई ख वर्ग, १९ जनालाई ग वर्ग र १० जनालाई घ वर्गको परिचपत्र वितरण गरिएको बताउनु भयो ।

परीचय पत्र बितरण माघ २८ गते देखी  सुरु भइ ३० गते सम्पन्न भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूले राज्यको सेवासुविधा र अवसर सहजै पाउन् भनेर परिचयपत्र वितरण गरिएको  पालिकाका स्वास्थ सम्योजक हरीराम चपागाइले बताउनु भयो ।।

अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको संरक्षण तथा संवर्द्धन गर्न, सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन पालिका प्रतिबद्ध रहेको  गाउपालिकाका अध्यक्ष हिरा कुमार तामङ्ले  अनलाइनखबर पाटीलाइ बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट