कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतक

 अनलाइनखबर पाटी     ३ माघ २०७९, मंगलवार

शोभित उप्रेती- माघ २, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।काफ्लेको निजि  सचिवालयका अनुसार वैठकमा ससदिय दल नेता बहादुरसिंह लामाले उनलाई मनोनित गरेको  अनलाइनखबर पाटीलाइ जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद  हुन ।

नेता काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए । दोलखामा २०५२ सालमा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट