सत्यश्वर माविमा पुरस्कार बितरण सहित समजसेवी शर्माले गरे अक्षयकोष स्थापना

 अनलाइनखबर पाटी     २० माघ २०७९, शुक्रबार

सुप्रीम सम्पन्न- माघ २० दोलखा । दोलखा जिल्लाको मेलुङ गाउपालिका स्थित सत्यश्वर माध्यामिक बिध्यालयको ६४ औ स्थपना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुर्व जिल्ला समन्वय समितिका सदस्य तथा समासेवी बिदुर शर्माले अक्षयकोष स्थपना गरेका छन ।

बिध्यालयमा अध्यनरत गरिव, जेहन्दार तथा न्युन आयस्रोत भएका छात्रा छात्रहरुलाइ कार्यक्रममा १२ जनलाइ नगद एक हजार पचास रुपैयाँ सहित नगद सहित १२ जनालाई झोला र कपि डट्पेन बितरण गर्नु भएको हो।

स्थपना दिवसको अवसर पारी आफुले अध्ययन गरेकै बिध्यालयमा अक्षयकोष स्थपना गर्न पाउँदा ज्यादै खुसी लागेको बताउनु हुँदै समजसेवी सर्माले गाउपालिकाका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्यको रोहवरमा बिध्यालयका प्र अ मुकुन्द प्रसाद उप्रेतीलाइ एक  लाख पाच हजार रुपैया हस्तान्तरण गर्नु भएको हो ।

बिध्यालयलाइ आगमी बर्ष प्राबिधिक धार सन्चालन गर्न आवश्यक सहयोग गर्नुका साथै बिध्यालय हात घेराबारका लागि पच्चीस देखि तीस लाख सम्मको बजेट आउने आर्थिक बर्षसम्मा बिध्यालयलाइ ब्यबस्थापन गरिदिने समेत अक्षय दात बिदुर शर्माले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

बिध्यालयलाई बिधिन्न समयमा सहयोग गर्दै आउनु भएका समजसेवी बिदुर शर्मालाइ गाउपालिकाका अध्यक्ष हिरा थोकरले दोसल्ला ओढाइ सम्मान सहित बिध्यालयका प्र अ मुकुन्द प्रसाद उप्रेती र बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कपिलमणी न्यौपानेले मायाको चिनो प्रदान गर्नु भएको हो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट