नेपाली कांग्रेसका जिल्ला सभापति लामा दोलखाका अग्नि पिडितलाइ सहयोग गर्दै

 अनलाइनखबर पाटी     २० माघ २०७९, शुक्रबार

शोभित उप्रेती – माघ २० दोलखा । दोलखा जिल्ला कालिन्चोक  गाउपालिका वडा न ९ सुन्द्रावति कटुवा चौरमा भएको आगोलागिको घटना प्रति आफु दुखि भएको बताउदै नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले अग्नि पिडितको लागि सहयोगको अपिल गरेका छन् ।

लामाले दोलखा कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको खवर पाउनसाथ सहयोगको अपिल गरेको बताएका छन् । उनले आफूले आज स्थलगत निरिक्षण गर्न पुगेँको समेत बताए

निरीक्षण गर्दै जाँदा ९ वटा घर तथा ब्यापारीक दृष्टिकोणले भण्डारण गरेको सम्पूर्ण सामाग्रीहरु जलेको र लगभग ५ करोड भन्दा माथि क्षेति पुगेको कुरा वडाध्यक्ष रामप्रसाद मैनालीले बताएको जनाकारी दिएका छन् ।

लामाले एकघर आम्सिक क्षति पुगेको देखिएको बताए । उनले अग्नी पिडित र स्थानीयवासीहरुसंग छलफल भेटघाट पनि गरेको बताए । उनले आफू लगायत नेपाली काँग्रेसकन जिल्ला प्रबक्ता राकेश श्रेष्ठ, भीमेश्वर २ को पुर्व वडाध्यक्ष बिराजमान श्रेष्ठ, नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि लक्ष्मिकुमारी तामाङ र भीमेश्वर नगर सदस्य बाबू लामा समेतको उपस्थिति रहेको जानकारी दिए ।

त्यस्तै, लामाले अग्नि पिडितको लागि अल्पकालीन र दिर्घकालीन राहतको लागि सबैलाई हार्दिक अपिल गर्दै आफूले सकेको सहयोग गर्ने नै छौँ, भनी विस्वास दिलाएका छन् ।

नेता लामाले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत समेत सहयोगको अपिल गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट