अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो।सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए। धेरै विनास र मृत्यु टर्की र यसको छिमेकी देश सिरियामा भएको छ।
भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन्।
यस्तै छिमेकी मुलुक सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
टर्कीका दक्षिणपूर्वी सहरहरूमा ३ हजार ४ सयभन्दा बढी भवन ध्वस्त भएको बताइएको छ।
Leave a Reply