डम्बरकुमारी भण्डारीको नेतृत्वमा “रामेछाप महिला उद्यमी संघ”
अनलाइनखबर पाटी २८ माघ २०७९, शनिबार
शोभित उप्रेती -माघ २८ खिम्ती, रामेछाप । रामेछाप जिल्लामा उद्योगि तथा व्यावसायिक महिलाहरुको “रामेछाप महिला उद्यमी संघ” को दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
रामेछाप महिला उद्यमी संघको दाेस्राे जिल्ला अधिवेशनबाट श्री डम्बरकुमारी (नानू) भन्डारी चयन हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्ष श्री तारादेवी थापा, महासचिव श्री संगिता श्रेष्ठ, सचिव गाेमाकुमारी श्रेष्ठ ´बाेध´ काेषाध्षक्ष श्री संगिता अधिकारी , सदस्यहरूमा श्री कविता श्रेष्ठ, श्री विमला श्रेष्ठ, श्री रमिता कार्की काेईराला र श्री रिता ढुङ्ेल कार्य समितिमा चयन हुनु भएको हो ।
रामेछापका महिला उद्यमीहरुका हितमा सदैव आफू निरन्तर रुपमा लागि परेको र आउने समयमा ठोस व्यावसायिक योजना सहित लाग्ने अध्यक्ष भन्डारीले अनलाइखबर पाटीलाइ बताउनु भयो ।
जिल्लामा रहेर केही गर्छु भन्ने महिला ब्यबसायिहरुलाइ रामेछाप महिला उद्यमी संघले कुनै पनि तवरले प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको हुनाले यस संघमा आवद्ध नहुनु भएका महिला ब्यबसायिलाइ आवद्ध भएर व्यावसायिक क्रान्तिका लागि अध्यक्ष भन्डारीले अपिल गर्नु भएको छ ।
Leave a Reply