सदरमुकाम चरिकोटमा फागुन १९ गतेदेखि ९ दिन दोलखा महोत्सव

 अनलाइनखबर पाटी     ३ फाल्गुन २०७९, बुधबार

शोभित  उप्रेती – फागुन ३ चरिकोट । दोलखा जिल्लाको पर्यटन प्रबर्द्धन तथा  लामो समयदेखि  सुस्ताएको आर्थिक अबस्थालाइ चलायमान  गर्न समेत महत्वपुर्ण भुमिका रहने भन्दै  दोलखाको सदरमुकाम चरिकोटमा  ९ दिने दोलखा महोत्सव आयोजना हुने भएको छ ।

दोलखा चेम्बर अफ कमर्शको आयोजनामा आगामी फागुन १९ देखि २७ गतेसम्म महोत्सव आयोजना गरिएको हो । लामो समय अर्थात २०७२ को महा भूकम्प र २०७५/२०७६ को कोभिड १९ लगायत बिभिन्न कारणले देशको  आर्थिक अबस्थामा  आएको दरारमा दोलखाको आर्थिक अवस्था   पनि अछुतो रहन सकेन  त्यसैले दोलखाको आर्थिक स्थिति   चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ दोलखा महोत्सव आयोजना गर्न लागिएको दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो ।

दोलखा महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता, खैंजडी भजन, स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । सोही अवसरमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान , विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, फोटो प्रदर्शनी, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क कम्प्यूटर मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम समेत सञ्चालन हुने बताइएको छ ।

त्यस्तै मोहोत्सवमा स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी हाईड्रोपावर आयोजनाको सेयर अभौतिकीकरण शिविर लगायत गरिने, महोत्सव सञ्चालनका लागि दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवको प्रचारप्रसार, आर्थिक, मञ्च व्यवस्थापन तथा मनोरञ्जन व्यवस्थापन उपसमित समेत गठन गरि कार्यब्यबस्थापन अगाडि बढाइएको दोलखा चेम्बरका  उपाध्यक्ष रुद्रजंग बुढाथोकीले अनलाइनखबर पाटीलाइ बताउनु भयो ।।

महोत्सवलाई भव्य र सभ्य बनाउनको लागि जिसस दोलखाका संयोजक बर्जुराम घतानीको संयोजकत्वमा महोत्सव संरक्षक समिति र भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा दोलखा घर भई विभिन्न स्थानमा छरिएका कलाकारहरुलाई एकै थलोमा भेला हुने अवसर समेत रहेको हुदा कार्यक्रम भब्य हुनेमा  दोलखा चेम्बर बिश्वस्त रहेको उपाध्यक्ष बुढथोकिले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट