अवैध निर्वाचन समितिका कारण दोलखा उद्योग वाणिज्य संघमा तालाबन्दी

 अनलाइनखबर पाटी     ११ फाल्गुन २०७९, बिहीबार

शोभित उप्रेती – फागुन ११ दोलखा ।  दोलखा उद्योग वाणिज्य संघको २३ औं साधारणसभा एवं अबिधेशनकाे पूर्वसन्ध्यामा व्यवसायीहरुले संघको कार्यसमितिले अवैध ढंगबाट निर्वाचन समिति बनाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।
निवर्तमान अध्यक्ष सहित १९ सदस्यीय कार्यसमिति रहेको दोलखा उद्योग वाणिज्य संघमा बहुमत नपुग्नेगरी ९ जनाले मात्र हस्ताक्षर गरी निर्वाचन समिती बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।व्यवसायीहरुले दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेललाई भेटेर ज्ञापन पत्र बुझाउदै तत्काल साधारणसभा स्थगित गरि बैधानिक ढंगबाट साधारणसभ ागर्न आग्रह गरेका छन् । व्यवसायीहरु सन्तोष रिमाल , नारायण बहादुर श्रेष्ठ , प्रविण श्रेष्ठ लगाएत दर्जनौंको संख्यामा जिल्ला प्रशासन कार्यालय पुगेर अवैध निर्वाचन समिति बनाएको , संघको विधानविपरित १०५ जना सदस्यलाई जवरजस्ती मतदान प्रकृयामा सहभागी गराउन लागेको जस्ता दर्जनौं आरोप लगाउदै तत्काल साधारणसभा स्थगित गर्न माग गरेका छन् ।
उनिहरुले यदि साधारणसभा स्थगित नगरी जबरजस्ती गर्न खोजे आन्दोलनको बेहरी सुरु गर्ने जनाएका छन्  । यता दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले समस्या आएको भन्दै तत्काल कार्यसमितिको बैठक बोलाएर निर्णय लिने बताएका छन्  । उनका अनुसार चौतर्फी समस्या सृजना भएकाले साधारणसभागर्ने या स्थगित गरी केही दिन पछि मिति तोक्ने विषयमा बैठकबाट निर्णय हुने बताएका छन् ।
दोलखा उद्योग वाणिज्य संघले २०७९ असार ३० गते १०५ जना नयाँ व्यवसायीहरुलाई नयाँ सदस्य बनाउने निर्णय गरेको थियो । संघको विधान अनुसार सदस्य बनेको एक वर्ष अर्थाात ३६५ दिन पुरा भएपछि मात्रै नयाँ सदस्यहरुले संघको निर्वाचनमा उम्मेद्धार बन्न र मतदान गर्न पाउने व्यवस्था भएको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ।  दोलखा उद्योग वाणिज्य संघको चुनावी अधिवेशनमा संघका वर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठसहित दुई जनाको प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा श्रेष्ठ तथा वर्तमान कार्यसमिति सदस्य दिनेश बस्नेतको उम्मेदवारी दर्ता भएको हो । श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिने अन्य सदस्यहरुमा, सनत थापा, बिमल श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ, नवराज रिजाल, सुवाष श्रेष्ठ, सुरेन्द्र उप्रेती, सम्राट मानन्धर, मनोजकुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रविण श्रेष्ठ, अनिता श्रेष्ठ, रामशरण बस्नेत, राधाकृष्ण कार्की र दिनेश श्रेष्ठ छन् ।
त्यसै गरी बस्नेत प्यानलबाट हिमालप्रसाद न्यौपाने, दिनेश पाठक, अनिल रिजाल, श्याप्रसाद उप्रती, नविना तमाङ, नवीन नेपाली, बलराम थापा, श्यामकृष्ण कायस्थ, राजन थापा, सुरेश उप्रेती, राजु प्रधान, श्यामसुन्दर शिवाकोटी, राजकुमार खड्का, चक्रबहादुर घतानी, यादव दहाल र गीताप्रसाद दहाल रहेका छन् ।
निर्वाचन उप समितिले आज साँझ पाँच वजे सम्म उम्मेदवारी दिने समय तोकेको थियो । साँझ पाँच बजेसम्म अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले बताएको छ । अधिवेशनले एक अध्यक्षसहित महिला सदस्य, दलित सदस्य, यसोसियट सदस्य र सदस्यहरुको लागि निर्वाचित गर्नेछ । पटक पटक सहमतिको प्रयास गरिएपनि मनोनयन दर्ता गर्ने समयसम्म सहमति हुन नसकेपछि प्यानल नै बनाएर दुवै पक्ष निर्वाचनमा होमिएको हो ।अन्य पदाधिकारी भने निर्वाचित सदस्यहरुमध्येबाट पछि चयन गरिनेछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट