दोलखामा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु

 अनलाइनखबर पाटी     १८ बैशाख २०८०, सोमबार

बैशाख १८ दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सित्कामा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सित्काका ६९ वर्षिय गंगा बहादुर पाण्डेको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

आज दिउँसो सिन्धुलीबाट रड र सिमेन्ट लिएर सिंगटीतर्फ जाँदै गरेको ६९१३ नम्बरको ट्रकको ठक्करबाट पाण्डे गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका पाण्डेलाइ उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर पाण्डेले जानकारी दिनुभयो ।

सडकको छेउमा हिँडिरहेका पाण्डेलाई ट्रकले ठक्कर दिएको थियो । घटना लगत्तै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान हुदै गरेको प्रहरी निरिक्षक राजेश सिग्देलले अनलाइनखबर पाटीलाइ जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट